जनकपुर साहित्य महोत्सव बिहिबारदेखि

जनकपुर साहित्य महोत्सव बिहिबारदेखि

जनकपुरधाम : मिथिला, मैथली, मधेश र मधेशको संस्कार, संस्कृति र साहित्य बुझाउने, देशभरी फैलाउने जनकपुर साहित्य महोत्सव बिहिबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ। देशभरिका मानिसलाई जनकपुरमा आमन्त्रण गरेर यहाँको कला, संस्कृति, लोकभाका सुनाउने, बोलाउने र जनकपुर चिनाउने उदेश्यले जनकपुर साहित्यस महोत्सवको आयोजना गरिएको हो। 

मिथिला फाउण्डेशन नेपालको आयोजन, नविल बैंकको प्रायोजनमा हुन लागेको त्रिदिवसिय ‘जनकपुर साहित्य महोत्सव’को तेश्रो संस्करणमा राजनीति, साहित्य, चिन्तन, भाषा र अध्यात्ममा चर्चा गरिने महोत्सवका स्थानीय कोर्डिनेटर राकेश विक्रम साहले जानकारी दिएछ। ‘प्राचीन उद्गमस्थल मिथिलानगरी जनकपुरधामको साहित्य, यहाँको संस्कृति विरासत, कला र जनकपुरलाई देशैभर चिनाउने मानिससंग जोड्ने सेतुकोरुपमा ‘जनकपुर साहित्य महोत्सव’ आयोजना गर्न लागिएको हो’राकेश विक्रमले भने। 

फरक-फरक विचारका व्यक्तिहरुलाई छलफलको अवसरबाट जनकपुरको पर्यटन प्रवद्र्धनका साथै ‘जनकपुर साहित्य महोत्सव’को तेश्रो संस्करणले मधेश र मिथिलाको खानकी पस्कने महोत्सवकी संयोजक प्रियंका झाले बताईन्। उनले भनिन, ‘मुख्यतः पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मानिसलाई समग्र जनकपुर बुझाउने हाम्रो प्रयास रहन्छ। जसमा तपाईहरुको साथ र सहयोग आवश्यक छ।’

साहित्य महोत्सवको उद्दघाटन विहिवार दिउँसो २ बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ। उद्घाटनमा प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेपाल पर्यटन बोर्डका सीईओ, उद्योगपति विनोद चौधरी, नबिल बैंकका कार्यकारी प्रमुख अनिल शाहलगायत अन्य स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरका व्यक्तित्वको सहभागिता रहने छ। 

तीन दिने महोत्सवमा १२ वटा सत्र समावेश गरिएको छ। पहिलो दिन ‘माई जनकपुरधाम’विषयमा विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता राखिएको छ। प्रतियोगिका लागि पाँच विद्यार्थी छनोट भइसकेका छन्। बिहीबार उद्घाटन सत्रपछि उनीहरुले आफ्नो प्रस्तुत गर्ने समय तालिका तोकिएको छ। 

बिहीबार दिउँसो ‘मधेसमा साहित्य लेखन’मा विश्लेषक रोशन जनकपुरी, लेखक गोपाल अस्क र रेणु गुप्ता सहभागि हुनेछन्। ततपश्चात साँझ मिथिलाको लोक संस्कृति ‘झरीझरी’ र कुटुम्बको सांस्कृतिक प्रस्तुती जानकी मन्दिरमा हुनेछ। त्यस्तै दोस्रो दिन ‘समाजमा विभेद’, ‘मधेसमा उद्यमी र मधेसको उद्योग’ र ‘शिक्षा संस्कार’जस्ता विषयमाथि विमर्श हुने कार्यक्रम रहेको छ।

तेस्रो दिन ‘महिला र राजनीति : कति सहज, कति सकस’, ‘कसको लोकतन्त्र, कस्तो लोकतन्त्र’ विषयमाथि विमर्श हुनेछ। जसमा राजनीतिबाट सरिता गिरी, विश्लेषक सिके लाल र हरिशर्मा वक्ताको रुपमा हुनेछ। ‘मधेस एक अवसर’ विषयको सत्रमा व्यवसायी तथा नेता विनोद चौधरी सहभागी हुनेछन्। ‘मधेस साहित्य र म’सत्रमा साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला सहभागी हुनेछन्। 

‘परिर्वतनको सिद्धान्त’विषयमा कांग्रेसका महामन्त्री गगन थापाले सम्बोधन गर्नेछन्। पहिलो दिन भोलि चर्चित लेखक खगेन्द्र संग्रौलाको मधेश साहित्य र म भन्ने विषयमा एउटा सत्र पनि रहेको छ। फागुन २० र २१ गते पनि जानकी मन्दिर परिसरमै दिउँसो २ बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.