विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक

विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक

नुवाकोट : विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक वितिरण गरिएको छ। गाउँमा शिक्षाप्रति जागरक गराउने उद्धेश्यले नुवाकोटको दक्षिणी भेगमा रहेको दर्शनटारको विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक वितरण गरिएको हो। यसबाट विद्यार्थीहरु निकै खुसी भएका छन्। 

लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनको आयोजनामा तारकेश्वर गाउँपालिका–४ दर्शनटारमा रहेको गौरेश्वर आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा स्टेसनरी सामाग्री वितरण गरिएको छ। सो विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन बैकुण्ठ रिमालले जानकारी दिए।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का क्लस्टर चिफ अनुजकुमार श्रेष्ठ, रिजन चेयरपर्सन टेकनाथ पौडेल, सिनियर एओजी  श्रीकान्त आचार्य तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकको सहभागीता रहेको थियो।

गाउँमै पहिलो पटक विद्यार्थीहरुले पोशाक तथा शैक्षिक सामग्री प्राप्त गर्दा निकै खुसी भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.