रुसविरुद्ध युद्ध लड्दै युक्रेनका खेलाडी
पेरिस : युक्रेनका चर्चित खेलाडीहरू रुसविरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन् । विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेका चर्चित तथा सक्रिय खेलाडीहरू रुसविरुद्धको लडाइमा सहभागी भएका हुन ।
बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए। 'मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु', उनले भने।