रुसी सेनाद्वारा युक्रेनको खेरसन सहर कब्जा

रुसी सेनाद्वारा युक्रेनको खेरसन सहर कब्जा

खेरसन : रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ। 'सहर घेरिएको छ', खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ। 

दक्षिणी क्षेत्रीय राजधानीको स्थिति रूसी सेना सहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको कोलिखाएभले बताए। क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको ३ लाख मानिसहरूको सहर खेरसनको पतन महत्त्वपूर्ण छ किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा सहरतिर पश्चिमतर्फ जान बाटो खुल्ने छ। 

बुधबार युक्रेनमा सर्वसाधारणको हताहतीको घटना बढेको छ। संयुक्त राष्ट्र संघले २२७ नागरिक मारिएको बताएको छ ।

एन वाइ टि का अनुसार, युक्रेन सरकारले सुरुमा नागरिकको मृत्युको संख्या २ हजारभन्दा बढी उल्लेख गरेको थियो तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो संख्यालाई 'अनुमानित' भन्दै कति मानिसहरू अझै पनि आगलागीमा परेका र भग्नावशेषमा हराइरहेका कारण यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ।

मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेको थियो। बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.