जनकपुरधाममा साहित्य महोत्सव

जनकपुरधाममा साहित्य महोत्सव

जनकपुरधाम: मिथिला, मैथिली, मधेस र मधेसको संस्कार, संस्कृति र साहित्य बुझाउने, देशभरि फैलाउने जनकपुर साहित्य महोत्सव बिहीबार जनकपुरधाममा जानकी मन्दिर प्रांगणमा उदघाटन भएको छ। देशभरिका मानिसलाई जनकपुरमा आमन्त्रण गरेर यहाँको कला, संस्कृति, लोकभाका सुनाउने, बोलाउने र जनकपुर चिनाउने उद्देश्यले जनकपुर साहित्य महोत्सवको आयोजना गरिएको हो।

मिथिला फाउण्डेशन नेपालको आयोजन, नविल बैंकको प्रायोजनमा सुरु भएको तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ तेस्रो संस्करणको मधेस प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले उद्‍‍घाटन गरेका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्दघाटन गरेका छन्। उनले भाषा, साहित्य, संस्कृति चिनाउने एउटा महत्वपूर्ण स्थल साहित्य महोत्सव भएको बताए। ‘जनकपुरको भूमि परापूर्वकालदेखि नै विद्वता, विदुषि, विद्वान भएको स्थानको नामले गौरवाञ्चित हुने ठाउँ हो,’ उनले भने। 

मिथिला र मधेसको गाथाबारे चर्चा गर्दै मुख्यमन्त्री राउतले ज्ञानको अलौकिक केन्द्र विद्यापतिको स्थल भूमि अलौकिक र पारम्परिक रिति संस्कृतिले भरिपूर्ण छ। ‘यहाँको रिति संस्कृति, परम्परा आफैँमा उत्कृष्ठ र पहिचानपादी सामर्थ्यको छ। जसलाई उजार गर्न यहाँको सभामा स्थल, साहित्य स्थल महोत्सव हो’ मुख्यमन्त्री राउतले भने।

राजनीति, साहित्य, चिन्तन, भाषा र अध्यात्ममा चर्चा गरिने महोत्सवान प्राचीन उद्गमस्थल मिथिलानगरी जनकपुरधामको साहित्य, यहाँको संस्कृति विरासत, कला र जनकपुरलाई देशैभर चिनाउने मानिससँग जोड्ने सेतुको रुपमा ‘जनकपुर साहित्य महोत्सव’ भूमिका खेल्ने प्रदेशसभा सदस्य परमेश्वर साहले बताए। उनले भने, 'फरक-फरक विचारका व्यक्तिहरुलाई छलफलको अवसरबाट जनकपुरको पर्यटन प्रवर्द्धनका साथै यसले मधेस र मिथिलाको खानकी पस्कन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।'

तीन दिने महोत्सवमा १२ वटा सत्र समावेश गरिएको छ। पहिलो दिन ‘माई जनकपुरधाम’ विषयमा विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता, झरीझरी नाच र ‘मधेस साहित्य र म’ सत्रमा साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला सहभागी भए। ततपश्चात साँझ कुटुम्बको सांस्कृतिक प्रस्तुती जानकी मन्दिरमा हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.