युक्रेनले ३ हजारभन्दा बढी भारतीय विद्यार्थी बन्धक बनाएको पुटिन दावी

युक्रेनले ३ हजारभन्दा बढी भारतीय विद्यार्थी बन्धक बनाएको पुटिन दावी

मस्को :  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साँझ बोल्दै खार्किभको एउटा रेल स्टेसनमा ठूलो संख्यामा भारतीय विद्यार्थीहरूलाई 'बन्धक' बनाएको बताएका छन्।

भारतले युक्रेनी सहर खार्किभबाट भारतीय विद्यार्थीलाई निकाल्ने योजनामा बुधवार अवरोध पुगेको बताएपछि पुटिनको यस्तो भनाइ आएको हो। छोटो युद्धविरामपछि खार्किभमा बुधबार पुन युद्ध सुरु भएसँगै उद्दार अभियान ठप्प भएको छ।

पुटिनले रुसी सुरक्षा परिषद्लाई सम्बोधन गर्दै भने, ‘उनीहरू युक्रेनमा अध्ययन गर्ने यी हजारौं विदेशी विद्यार्थीलाई बन्धक बनाइरहेका छन् । खार्कियाको रेल स्टेसनमा ३ हजार १७९ भारतीय विद्यार्थी बन्धन बनाइएको छ। तिनीहरू अझै त्यहाँ छन्। अधिकांश त्यहाँ छन् भने ५७६ समीमा छन्। यी नव-नाजीहरूले खार्किव छोड्न चाहने चिनियाँ नागरिकहरूमा गोलीबारी गरिरहेका छन्। दुई जना घाइते पनि भएका छन् ।'

युक्रेनी सुरक्षा बलले हजारौं विदेशी नागरिकलाई खार्किभ छाड्नबाट रोकेको पुटिनले बताए । पुटिनले युक्रेनी सेनाले उनीहरूलाई बन्दी बनाएको बताए।

बुधबार राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुराकानी गरेका थिए । दुई नेताबीच खार्किभको अवस्थाबारे पनि छलफल भएको थियो । रुसले यो सहरमा सैन्य कारबाही गरिरहेको छ । 

खार्किभमा ठूलो संख्यामा चिनियाँ, भारतीय र अफ्रिकी विद्यार्थीहरू बस्छन्। युक्रेनी अधिकारीहरूले बिहीबार अबेर विदेशी नागरिकहरूलाई बाहिर निकाल्न एक सुरक्षित मार्गलाइ लिएर रुससगँ सहमति भएको जनाएका थिए।

रुस र युक्रेनबीच बेलारुसमा भएको दोस्रो चरणको वार्ता पनि नतिजाविहिन रह्यो । युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलिकले सामाजिक सञ्जालमा गरेको पोस्टमा भनेका छन्, ‘दोस्रो चरणको वार्ता सकिएको छ। दुर्भाग्यवश, जुन नतिजा आउनु पर्ने थियो, त्यो हासिल हुन सकेको छैन । विदेशीको सुरक्षित बाहिर निकाल्न एक सुरक्षित मार्ग तयार गर्ने सहमति भएको छ ।'

तर, बिहीबार भारतको विदेश मन्त्रालयले युक्रेनमा भारतीय विद्यार्थीलाई बन्धक बनाएको कुराको खण्डन गरेको थियो । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युक्रेनमा कुनै भारतीय विद्यार्थीलाई बन्धक बनाएको जस्तो अवस्थाको कुनै समाचार नरहेको उल्लेख गरेको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.