लागुऔषध नदिंदा आफ्नै साथीबाट मारिए मानबहादुर

लागुऔषध नदिंदा आफ्नै साथीबाट मारिए मानबहादुर

काठमाडौं : यही फागुन १७ गते शिवरात्रीको दिन बिहानै जुम्लाका मानबहादुर राउत मृत भेटिए। टाउकोमा गहिरो चोट लागेको, रक्ताम्भे अवस्थामा उनको शव काठमाडौं बुढानिलकण्ठ ५ स्थित थाकचोकमा रहेको प्लटिङमा भेटिएको थियो। 

राउत टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसहित डेरा गरी बस्दै आएका थिए। ३२ वर्षी राउत मजदुरी गरेर परिवार पाल्दै आएका थिए। 

महानगरिय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनको हत्यामा संग्लन भएको अभियोगमा विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान प्रक्राउ परेका छन्। 

शंस्कास्पद रुपमा प्लटिङमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। सनाखत हुन सकेको थिएन। प्रवक्ता मैनालीका अनुसार शव हेर्दा शंस्कास्पद र हत्या गरेर फालिएको जस्तो लागेपछि अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको थियो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको मैनालीले जानकारी दिए। 

प्रारम्भिक अनुसन्धानबाट राउतको हत्याको कारण लागुऔषध भएको बुझिएको छ। प्रहरीका अनुसार राउत १६ गते साझ घरबाट हिँडेका हुन्। 

प्रहरीका अनुसार प्रक्राउ परेका चौधरी, पासवान र मृतक राउत पहिलेदेखिकै मिल्ने साथी हुन्। उनीहरु दुर्व्यसनी पनि थिए। संगै बसेर गाजा खाने, ड्रक्स लिने, रक्सी खाने गर्दथे। याकुभ चौधरी त लागुऔषध सुधारकेन्द्रमा समेत बसेका थिए। यसैक्रममा लागुऔषध र ड्रक्स ल्याइदिन चौधरीले मृतकलाई ३५ हजार रुपैयाँ दिएका थिए।

राउतले पैसा फिर्ता नदिने र लागुऔषध पनि नल्याएपछि उनीहरुबीच विवाद आएको हो। १६ गते साँझ मृतक आफ्नो फुपूको छोरासँग टोखातिर गएर मापसे गरेका थिए। दुलाल गाउँको घले होटलमा मृतक राउत र आरोपीतहरुको भेट भएको थियो। त्यहाँबाट उनीहरु एउटै मोटरसाइकल चढेर चौधरीको घरछेउमा पुगेका थिए। त्यहाँ पुगेर पासवानले गाजा भरेर तान्न थाले। चौधरी र राउतबीच विवाद भयो। 

अनुसन्धान संग्लन अधिकृतका अनुसार विवादले चर्कोरुप लिँदा चौधरीले मृतकलाई मुक्का हानेका थिए। पासवानले पनि भुइँमा रहेको बाँसको भाटा टिपेर पछाडिबाट टाउकोमा २ पटक हाने। कुटाइबाट सिकिस्त भएका राउत ढल्फलिंदै त्यहाँबाट हिंडेका थिए। आरोपितहरु भागेर घर गएका थिए। प्रहरीले खोज्छ र अफ्ठारो पर्छ भनेर अर्को दिन चौधरीलाई पुन सुधारकेन्द्र पठाइएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.