चोरीसिकार नियन्त्रण अभियानसँगै मनाईयो विश्व बन्यजन्तु दिवस

चोरीसिकार नियन्त्रण अभियानसँगै मनाईयो विश्व बन्यजन्तु दिवस

गुलरिया : बर्दियामा विश्व बन्यजन्तु दिवससँगै राष्ट्रिय चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाईएको छ। लोपोन्मुख तथा र्दुलभ बन्यजन्तुसँगै जैविकविविधताको संरक्षणका लागि एक दशक अघि बर्दियाबाटै गठन गरिएको अभियानले मान्यता पाएसँगै नेपालमा राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो।

बन्यजन्तु संरक्षण र पारिस्थितिकिय प्रणाली पूर्नस्थापनाका लागि युवा जागरण भन्ने नारासहित यसबर्ष सरकारले अभियान दिवस मनाएको राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डाक्टर रामचन्द कंडेलले बताए। कार्यक्रममा बोल्दै विशेष अतिथी कंडेलले अभियानका परिकल्पनाकार संस्थापकहरुलाई धन्यवाद एवम् बधाई दिएका छन्। विश्व बन्यजन्तु दिवस मनाउन प्रारम्भ नहुँदै ०६७ सालमा बर्दियाबाट चोरीसिकार नियन्त्रण दिवस मनाउन थालिएको स्मरण गराए। विश्व बन्यजन्तु दिवस सन् २०१३ बाट मनाउन थालिएको हो।

युवा परिचालन अभियानका परिकल्पनाकार बर्दिया राष्ट्रिय निकुञ्जका सेवानिवृत्त वार्डेन रमेश थापाले १२ वर्षअघि बर्दियामा मनाईएको दिवस राष्ट्रियस्तरमा ८ औं मनाईएको छ। पछि मात्र सरकारले मान्यता दिएपछि दिवसले राष्ट्रियरुप पाएको हो। चोरीसिकार नियन्त्रणका लागि अभियान मार्फत युवाहरु स्वयंसेवीकारुपमा परिचालित भएपछि बर्दिया जिल्ला शून्य चोरीसिकार वर्ष मनाउन सफल भएको थापाको दावी छ। प्रत्येक वर्ष देशका विभिन्न संरक्षण क्षेत्रहरुमा सरकारले अभियान दिवस मनाउन थालेको हो। मानिसले वन्यजन्तुको पैतृक बासस्थान कब्जा गरेपछि मानव बन्यजन्तुविच टकराव सुरु भएको थापाको बुझाई छ।

मानव बन्यजन्तुविचको सहअस्तित्व बनाउन निकुञ्जले रणनीति तयार गरी अघि बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। द्वन्द न्युनिकरणगर्दै ब्यवस्थापन गर्ने तयारीका साथ अघि बढेका छौं। प्रकृतिमा आधारीत पर्यटनलाई प्रर्बद्धन गर्नुपर्नेमा जोडदिदै अधिकृत श्रेष्ठले समुदायको सक्रियताले निकुञ्ज पुरस्कृतको अवस्थामा पुगेको प्रष्ट्याए। निकुञ्जको जैविक विविधता संरक्षणमा स्थानीय समुदायको सकृयतालाई निकुञ्जले कहिल्यै नविर्सने बताए। विश्व बन्यजन्तु तथा चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान दिवस बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ४ गोलास्थित नवज्योति बजारमा आयोजना गरिएको हो।
    
चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाको आयोजनामा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुले बृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरे। कलाकारहरु मनिस खड्का, सुरेन्द्र विष्ट, राजेश विश्वकर्मा लगायत स्थानीय कलाकारहरुको साँगितिक प्रस्तुतिसहितको दिवसमा साँस्कृतिक नृत्य, झाँकी, महिला तथा पुरुष डोरी तानताज तथा नेपाली सेनाको देवीदत्त गण र सञ्जालका युवाहरुबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरिएको चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए।     

कार्यक्रममा संरक्षणका क्षेत्रमा उल्लेखनिय योगदान गर्ने समुदाय, सामुदायिक वन, उपभोक्ता समिति, संघसंस्थालगायत पत्रकारलाई सम्मान गरिएको आचार्यले बताए। नेपालमा प्रत्येक वर्ष मार्च ३ मा चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाउने गरिन्छ। विश्व बन्यजन्तु दिवस पनि यसै दिन मनाउने गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.