युक्रेनमाथिको आक्रमण रोक्न माग
नुवाकोट : रुसले युक्रेनमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै नुवाकोटको विदुरमा प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाज नुवाकोटले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै सडकमा प्रदर्शन गरेको हो।
सहभागी सर्वसाधारण तथा मानव अधिकारकर्मीले विदुर मुल सडकमा युक्रेनमाथि अतिक्रमण बन्द गर्, तत्काल सैनिक फिर्ता गर्, शान्ति प्रवद्र्धनमा जोड दिऔँ, युद्ध रोकौँलगायत प्लेकार्ड देखाएर शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
दुई देशबीच रहेको समस्या युद्धबाट नभई शान्तिपूर्ण ढङले समाधान गर्न आव्हान गर्दै प्रदर्शन गरिएको आयोजक मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।