प्रेमिल गीतमा सजियो आइडल

प्रेमिल गीतमा सजियो आइडल

काठमाडौं :  धागो बनी तिम्रो मुटु बुन्ने मन छ 

मेरो निम्ति धड्किने मुटुको धड्कन सुन्ने मन छ ...

जब जब मायामा पर्छ मान्छे, वरपर देखिने सबै चिजमा माया पोखिएको देख्छ। हावामा पनि प्रेमको अनुभूति गर्छ। नदीको प्रवाहमा पनि प्रेमिल छाल देख्ने गर्छ। यसैले गीतकार भूपेन्द्र खड्काले धागो बनेर मायालुको मुटु बुन्ने 

अपिल गरे। 

नेपाल आइडल–४ को २६औ शृंखला प्रेमिल गीतले ओतप्रोत भयो। प्रतियोगीले मञ्चभरि पिरतीको धुन छरेका थिए। अतिथि कलाकारका रूपमा गीतकार भूपेन्द्र खड्का उपस्थित भएका थिए। बेजोड प्रस्तुति लिएर आए, विश्वास उप्रेती। उनले एक्लो जीवनमा साथ खोजेको र मनका कुरा सुनाउनका लागी रोजेको भन्दै प्रेम अनुरोध सुनाए। विश्वासको गीतलाई प्रशंसा गर्दै अतिथि जज भूपेन्द्र खड्काले पुनः अर्को गीतको अन्तरामा प्रेम पोखेका थिए। खड्का भन्दै थिए ...

कति मिठा कति नमिठा बात भित्र भुल्यौ हामी
सपनाको एकादेशमा कति कति डुल्यौ हामी...

भूपेन्द्रको अन्तरापछि मुस्कुराउँदै मञ्चमा देखा परिन् सुमिन पाख्रिन। उनले मायामा परिसकेपछिको अनुभूतिलाई सुनाइन्, 

यस्तो पनि हुँदो रैछ माया  
नजिक छैन मेरो ज्योति टाढा पनि छैन...

नाङ्गेल तामाङ पनि रकिङ र बेजोड प्रस्तुति लिएर आए। खुसी छु म आज तिम्रो साथले। उनी मनैमनले प्रेमीको रंगीन साथ कल्पना गर्दै थिए। संगीत भनेको संगत पनि हो। साधना र सिर्जना मात्रै हैन भन्दै थिए भूपेन्द्र खड्का। 
त्यसपछि पालो आयो भूपेन्द्र थापामगरको। उनी प्रेमको गहिरो अनुभूति गरिरहेका थिए। गुनगुनाउँदै थिए ...

हिँडाइका चालहरूमा डुबिरहन देऊ मलाई... 

सुमधुर स्वरको परिचय बनाएकी लक्ष्मी पौडेलले आफूलाई चियोचर्चो गर्ने मानिसलाई नचिनेको बताउँदै मञ्चमा आइन्। भन्दै थिइन्,...

को होला त्यो मसँग आँखा जुधाउने ...

नचिनेको मानिसले घरीघरी आँखा जुधाउँछ। पछिपछि लागिरहन्छ। आफूले पनि त्यो अञ्जान व्यक्तिलाई खोजेको तर पत्ता नलागेको सुनाउँदै थिइन्। उनले सुमधुर आवाजमा गाएर सबैको प्रशंसा बटुल्न सफल भइन्। कार्यक्रममा अन्तिम प्रस्तुति लिएर आए, रञ्जित नेपाली। 

सानो छ गाउँ, सानो यो सहर। सानै छ संसार 
भूगोलले छेक्न, बादलले ढाक्न नसक्ने रहर... 

साँच्ची रहरको उचाइ मापन गर्न सकिँदैन। माया भरिएको मनले सबैलाई मायाले हेर्छ। माया बाँड्ने आसयको गीत प्रस्तुत गरे, उनले। शुक्रबारको पफरमर अफ द विक नाङ्गेल तामाङले प्राप्त गरे। एपीवान टेलिभिजनको विशेष प्रस्तुति नेपाल आइडल सिजन ४ फाइनलको नजिक पुगेको छ। कार्यक्रमका निर्देशक तथा प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार चैतको पहिलो हप्ता नेपाल आइडल सिजन ४ को विजेता घोषणा गरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.