सामसुङले रुसमा आफ्ना फोन र चिप्स नबेच्ने
किभ : स्मार्टफोन निर्माता कम्पनी सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप्सको बिक्री बन्द गरेको कम्पनीले बताएको छ। अहिलेको जटिल परिस्थितिलाई नियालेर मात्र निर्णय लिने कम्पनीले बतायो।
दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पलले गरेको छ।
यसमा कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट सङ्कलन गरिएको पैसा समावेश हुनेछ।
यसअघि शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामानको बिक्री रोकेको थियो।
हर्मेस, केरिङ र च्यानल जस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा बिक्री बन्द गरेका छन्। साथै कार्ल्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ। बीबीसी