चीनले रक्षा बजेट ७.१ प्रतिशत बढाउने : राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन

चीनले रक्षा बजेट ७.१ प्रतिशत बढाउने : राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन

बेइजिङ : चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने शनिबार घोषणा गरेको छ। अमेरिकापछि सबैभन्दा धेरै रक्षा बजेट चीनको छ।

समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७ हजार ५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनले देखाएको छ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सको अंग्रेजी वेबसाइटले विज्ञहरूलाई उद्धृत गर्दै सकारात्मक आर्थिक वृद्धि र बढ्दो सुरक्षा खतराका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको जनाएको उल्लेख गरेको छ।

 यसअघि मार्च २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट प्रस्तुत गरेको थियो। 

गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले बढेको थियो भने सन् २०२० मा कोरोनाका बाबजुद ६.६ प्रतिशतले बढेको थियो।

 चीनको रक्षा बजेट वार्षिक जीडीपी अनुमानभन्दा बढी छ। प्रधानमन्त्री ली केकियानले शनिबार बेइजिङको वार्षिक जीडीपी दर ५ दशमलव ५ प्रतिशत हुनसक्ने घोषणा गरेका छन्। 

चीनको संसदको वार्षिक अधिवेशनको उद्घाटन गर्दै ली केकियानले चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको सुरक्षा गर्न बेइजिङले सैन्य तालिम र युद्ध तयारीमा वृद्धि गर्नेछ। 

गत हप्ता जर्मनीले पनि रुसको आक्रमणलाई ध्यानमा राख्दै रक्षा बजेटमा ठूलो वृद्धि गरेको थियो। जर्मनीले यो वर्ष आफ्नो सशस्त्र बलको विशेष कोषमा १०० अर्ब युरो दिने निर्णय गरेको छ। 

जर्मनीको रक्षा बजेट अहिले कुल जीडीपीको २ प्रतिशत छ। यसअघि सन् २०२१ मा जर्मनीको सम्पूर्ण रक्षा बजेट ४७ अर्ब युरो थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार जर्मनीले आफ्नो पुरानो टोर्नाडोको सट्टा अमेरिकाबाट एफ-३५ लडाकु विमान किन्न सक्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.