५१ प्रतिशत मत नपुगेपछि महोत्तरी कांग्रेसको निर्वाचन दोश्रो चरणमा
महोत्तरी : जनकपुरधाम : नेपाली कांगेसको विधान अनुरुप महोत्तरी नेपाली कांग्रेसको सभापतिको शुक्रबार राती भएको गणनामा कुनै उम्मेदवारको मत ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणमा निर्वाचन हुने भएको छ। पहिलो चरणको मत मरिणाम अनुसारमा नागेश्वर यादवले १ हजार ११ मत ल्याउँदै अग्र स्थानमा रहेका छन्। त्यस्तै दोश्रो चरणमा सभापतिका अर्का प्रतिद्वन्दी शुशील यादवले ७ सय ७९ मत ल्याएका छन्। यता अर्का प्रतिद्वन्दी बजरंग नेपालीले कुल मतदानको जम्मा ३ सय ६ मत मात्र प्राप्त गरेका छन्।
शुक्रबार भएको निर्वाचनमा कुल मतदाता २ हजार २ सय ७६ रहेको मध्ये २ हजार १ सय ३९ मत खसेको हो। यो कूल मतदाताको ९४ प्रतिशत मत खसेको हो। उक्त मतमध्ये नागेश्वर यादव अग्र स्थानमा सुशिल यादव दोश्रो र बजरंग नेपाली तेश्रो स्थानमा छन्।
महोत्तरीको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोले चुनाव दोश्रो चरणमा गएको हो। नेपाली कांग्रेसको जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीले चुनाव दोश्रो चरणमा गएको सुचना सार्वजनिक गरेका हुन्।
उनले शनिबार पुनः दोस्रो चरणको निर्वाचन हुने तयारी भइरहेको बताए। चुनावी प्रतिस्पर्धामा बजरंग नेपाली बाहिरिएकोमा अव नागेश्वर यादव र शुशील यादव बीच प्रतिस्पर्धा हुनेछ। निर्वाचनमा तिनै सभापतिको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन रहेकोमा मत परिणामले छुट्टै नतिजा ल्याउदै बजरंग नेपालीलाई तेश्रो स्थानमा झारेको हो।
अब हुने नागेश्वर यादव र शुशील यादव विचको दोश्रो चरणको निर्वाचनमा कसले बाजी मार्ला भन्ने चासोको विषय बन्न पुगेको छ। नेपाली काँग्रेसमा शुशिल यादव तर्फ मत आकर्षित हुन सक्ने केहि नेताको आँकलन छ। उनको राम्रो पकड र हैसियत पाएकाले अन्तिम समयसम्म बजरंग नेपालीले समर्थन गरे चुनावी मत परिणाम सुशिलको पोल्टामा पर्ने कांग्रेसीजनको भनाइ छ।