गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलको टोली मधेश प्रदेशमा

गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलको टोली मधेश प्रदेशमा

जनकपुरधाम : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शनिबार मधेश प्रदेशको भ्रमणमा जनकपुरधाम आइपुगेका पुगेका छन्। मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतको निमन्त्रणमा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल पर्यटन व्यवसायी र उद्योगीको टोलीका साथ जनकपुरधाम आइपुगेका हुन् ।

मधेश प्रदेशमा मुख्यमन्त्री पोखरेले टोलीको भ्रमणको संयोजन नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गरिरहेको छ । दुई प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धन, अन्तर प्रदेशीय समन्वय तथा सहकार्यका लागि पनि यो भ्रमण फलदायी हुने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सञ्चारकर्मीहरुसँगको कुराकानीमा बताए । 

उनले भने, ‘धार्मिक पर्यटन र सांस्कृतिक अन्तरघुलन, मिलाप र सहकार्यका लागि यो भ्रमण निकै उपलब्धिमूलक हुनेमा म विश्वस्त छु । मिथिलाको सत्कार र सौन्दर्यका लागि गण्डकी प्रदेशको राजधानी पोखरा अतुलनीय सम्बन्धलाई थप प्रगाढताको लागि अन्तरप्रदेशीय भ्रमणको सुरुवात गरेका हौं ।’

शनिवार जनकपुरधाम आईपुगेका मुख्यमन्त्री पोखरेललाई प्रदेश सरकारका पर्यटन, उद्योग तथा वन मन्त्री शत्रुधन महतो तथा जनकपुर उद्योग वाणिज्य संघ, सहित पर्यटन व्यवसायीहरुले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलबाट प्रदेश सरकारको मुख्यालय पुगेका मुख्यमन्त्री पोखरेललाई  प्रदेश सरकार प्रदेशका मुख्यमन्त्री राउतले स्वागत गरेका थिए । भेटको क्रममा मुख्यमन्त्री पोखरेलले संघीयतालाई मजबुत गर्न अन्तर प्रदेशीय भ्रमणले सहयोग पुर्‍याउने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.