युक्रेनको मारिउपोल सहरलाई रूसी सेनाले घेरे : हवाई हमला जारी
किभ : युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर मारिउपोलमा रुसी हेलिकप्टरले लगातार गोली चलाएको भिडियो फुटेज बाहिर आएका छन्। बिहीबारदेखि रुसी सेनाले सहरलाई घेराबन्दी गरेको छ।
मारिउपोलमा करिब ४ लाख ५० हजार मानिस बस्छन् । युक्रेनको दक्षिणमा रहेको यो सहर क्रिमियाको नजिक छ र रुसको सिमाना पनि नजिक छ। लुहान्स्क र डोनेट्स्कका रुसी समर्थित विद्रोही क्रिमियाको सेनामा सामेल हुन यो सहर पनि महत्त्वपूर्ण छ।
यदि यो सहर रुसी सेनाको कब्जामा आयो भने, यसले क्रिमियालाई डोनेट्स्क र लुहान्स्कसँग जोड्नेछ। रुसी सेनाले सहरलाई घेरेको छ र लगातार आक्रमणका कारण विद्युत र पानी आपूर्ति बन्द भएको छ। अधिकारीहरूले मारिउपोल मानवीय संकटको सम्भावना रहेको बताएका छन्।
मारिउपोलमा भएको आक्रमणमा एक भवन ध्वस्त भएको छ। युक्रेनका प्रमुख सहरमध्ये एक सहर मारिउपोल हो। यहाँका मेयर वेदिम बोइचेन्कोले भने, 'रूसी सेनाहरूले शहरलाई घेरा हालेका छन् र घाइतेको उद्धार गर्न मानवीय कोरिडोर आवश्यकता छ।'
बोइचेन्कोले युद्धविराम चाहेको बताएका छन्। मानवीय कोरिडोर निर्माण गर्न, खाना र पानी उपलब्ध गराउन र मानिसहरूलाई आवश्यक औषधि आपूर्ति गर्न उनको आहवान छ।