प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु भएपछि...

प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु भएपछि...

सुर्खेतः सुर्खेतमा एक युवकको शंकास्पद मृत्यु भएको छ। कालिकोटको तिलागुफा नगरपालिका-३ का कृष्ण हमालको शनिबार विहान मृत्यु भएको हो। उनलाई शनिबार विहान सुर्खेत अस्पतालले मृत घोषणा गरेको हो।उनी शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउने क्रममा मादकपदार्थ सेवन गरेको भन्दै वीरेन्द्रनगरस्थित सुब्बाकुनामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रणमा लिनुअघि निर्घात कुटपिट गरेका कारण कृष्णको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। भे१क ९२२ नम्बरको ट्रकमा आएका उनलाई प्रहरीले मादकपदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तको आरोप छ। आफन्तका अनुसार उनी त्यो ट्रकमा किराना पसलको सामान लिएर आएका थिए। जिल्ला प्रशासन कार्यालयले भने लाइसेन्स नभएका कारण ट्रकका सहचालक, चालक र हमाललाई प्रहरीले शुक्रबार राति सुब्बाकुनामै रोकेको जनाएको छ। तर उनीहरुलाई शनिबार विहान छाडिएको प्रशासनले जनाएको छ।

विहान ८ बजेतिर सुब्बाकुनाबाट छाडिएका उनीहरुमध्ये कृष्णलाई सुर्खेत अस्पतालमा उपचारका लागि लगिएको थियो। तर अस्पतालले सवा १० बजे कृष्णलाई मृत घोषणा गरेको हो। आफन्तले प्रहरीको कुटाइबाट कृष्णको मृत्यु भएको आरोप लगाएका छन् भने प्रशासनले सकुशल नै छाडिएको दाबी गरेको छ। कृष्णको मृत्यु शंकास्पद् भएको भन्दै आफन्तहरुले शनिबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्। सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका आफन्तले दोषीमाथि कारबाहीको माग गरेका छन्।

यसैबीच यो घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति बनाएको हो। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा गठन भएको समितिले छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउने छ। प्रशासनका अनुसार मृतकका आफन्तहरुसँगको छलफलपछि यो समिति गठन भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.