ठेक्का नलगाई भवन मर्मत

ठेक्का नलगाई भवन मर्मत

विराटनगर : सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले बिना टेन्डर भवन मर्मत थालेको छ। कार्यालय प्रमु मिलन आचार्यले प्रदेश १ मा थपिएका मन्त्रालय राख्न प्रक्रिया मिचेर विराट साइन्स क्याम्पस भवन मर्मत गर्न लगाएका हुन्।

आचार्यले आफू निकट निर्माण व्यवसायीलाई १ करोड ६४ लाख बराबरको काम दिएका हुन्। विराटनगर–१४ जतुवास्थित उक्त भवन अवध निर्माण सेवा र प्रियंका कन्सट्रक्सनलाई मर्मतको जिम्मा दिएको हो। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको निर्देशनमा मर्मत सुरु गरिएको आचार्यले बताए। 

१५ दिनमा सक्न मन्त्री आङ्बोले निर्देशन दिएपछि काम सुरु गरेको उनको भनाइ छ। ‘समय कम भएकाले मन्त्रीज्यूको निर्देशनमा तत्काल काम सुरु गरेँ’, उनले भने, ‘राम्रो मनसायले काम सुरु गरेका हौं। टेन्डरलगायत प्रक्रिया पछि मिलाउने कुरा भएको छ।’  यसको चौतर्फी विरोध भएपछि शुक्रबारदेखि काम बन्द भएको छ। बाउन्ड्री वालका लागि २७ लाख ७२ हजार, पार्टिसनका लागि १८ लाख ५० हजार, रंगरोगनका लागि २७ लाख, वाइरिङका लागि १२ लाख ७८ हजार, विद्युत्का लागि ३५ लाख ७० हजार, मर्मतका लागि ८ लाख ९१ हजार लाग्ने बताइएको छ। 

प्रक्रिया मिचेर गराइएको काममा बजेट नदिने सहरी विकास तथा सडक पूर्वाधारमन्त्री हिमाल कार्कीले बताए । ‘मन्त्रालयमा बजेट पनि छैन। औपचारिक जानकारीसमेत छैन,’ उनले भने, ‘काम गराउनेलाई सोध्नुस्।’ प्रदेश सरकारले सात मन्त्रालय फुटाएर १३ वटा बनाएपछि ठाउ“ अभाव भएको छ। ‘हाम्रो धेरै खर्च भइसकेको छ,’ निर्माण व्यवसायी कन्हैया झाले भने, ‘विवाद उत्पन्न भएपछि काम बन्द गरेका छौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.