युक्रेन-रुस युद्ध : भारतको रुसप्रति झुकाव, के बिग्रिंदै छ अमेरिकासँगको सम्बन्ध?

युक्रेन-रुस युद्ध : भारतको रुसप्रति झुकाव, के बिग्रिंदै छ अमेरिकासँगको सम्बन्ध?

वैदेशिक तथा रणनीतिक मामिलाका विज्ञका भनाइ अनुसार युक्रेन रुस युद्धमा सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको तेस्रो देश भारत हो। भारतले अहिले रुस र अमेरिकासँग सद्भावपूर्ण सम्बन्ध कायम राख्ने चुनौती सामना गरिरहेको छ।

पूर्व कूटनीतिज्ञ तथा परराष्ट्र मामिलाविज्ञ नवतेज सरनाले अहिलेसम्म भारतले त्यो सद्भाव कायम राख्न सकेको बताए। तर, यी दुई देशसँगको सम्बन्ध कायम राख्न भारतसामु चुनौती पनि धेरै रहेको उनको भनाइ छ। 

रुसविरुद्ध आफ्नो अडान स्पष्ट गर्न अमेरिकाले भारतलाई लगातार दबाब दिइरहेको छ। 

बिहीबार क्वाड बैठकपछि, अमेरिकाले भारतलाई रुसविरुद्ध आफ्नो नीति स्पष्ट पार्न दवाव दिएको छ। बैठकमा भारतलाई लक्षित गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रसियाको आक्रमणको लागि 'कुनै बहाना वा बेवास्ता' गर्न नहुने बताए।

 बैठकमा जापान र अष्ट्रेलिया जस्ता 'क्वाड' मा परेका अन्य देश अमेरिकाको साथमा देखिन्छ।

बुधबार अमेरिकी सिनेटको बैठक पनि भारतको अडानमाथि छलफल भएको थियो। छलफलका क्रममा अमेरिकी दक्षिण एसियाली मामिला मन्त्री डोनाल्ड लुले अमेरिकी अधिकारीहरूले यस विषयमा भारतसँग कुरा गरेको र युक्रेनमा भएको हमलालाई लिएर भारतको आलोचना गर्ने वक्तव्य निकै महत्त्वपूर्ण भएको बताए।

भारत कहिल्यै युद्धको पक्षमा थिएन

नवतेज सरनाका अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषद्को ‘भोटिङ’मा भारतले भाग नलिए पनि भारत कहिल्यै युद्धको पक्षमा नभएको बताए। मतदानमा भाग नलिए पनि भारतले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउने पहल गरेको उनको भनाइ छ। रुससँगको युद्ध अन्त्य गर्न र संयमता अपनाउन आह्वान गर्ने संयुक्त राष्ट्रसंघको बडापत्रबाट आफूलाई अलग नगर्न भारतले अपील गरेको छ।

भारत युद्धबाट होइन वार्ताबाटै समस्याको समाधान होस् भन्ने चाहन्छ।

 विज्ञहरूका अनुसार भारतका लागि यो परीक्षाको घडी हो किनभने पछिल्ला केही वर्षयता अमेरिकासँग भारतको आर्थिक र रणनीतिक सहयोग निकै बढेको छ। साथै भारत रक्षासम्बन्धी उत्पादनमा रुसमाथि निर्भर छ। 

सन् २०१८ मा नै भारतले रुससँग लामो दूरीको क्षमता भएको ‘सर्फेस टु एयर मिसाइल’ आपूर्तिका लागि ५०० करोड अमेरिकी डलरको सम्झौता गरेको थियो।

भारतले यसका केही पैसा भुक्तानी पनि गरेको छ। रुसले युक्रेनमा जारी आफ्नो सैन्य कारबाहीले भारतलाई मिसाइल आपूर्तिमा कुनै असर नगर्ने र तोकिएको समयसीमाभित्रै भारतलाई दिइने स्पष्ट पारेको छ।

भारत र रुसको पुरानो सम्बन्ध

नवतेज सरनाले भारत र रुसबीच सत्तरीको दशकदेखि रणनीतिक सम्बन्ध रहेको र हतियार आपूर्तिका लागि भारत रुसमाथि निर्भर रहेको बताउँछन्। यसबाहेक भारत र रुसले अन्तरिक्ष मिसन र ऊर्जाको क्षेत्रमा पनि सहकार्य गरेका छन्।

लन्डनको किंग्स कलेजका अन्तर्राष्ट्रिय अध्ययन विभागका प्रमुख हर्ष भि पन्तका अनुसार अमेरिकालाई पनि 'क्वाड' गठबन्धन नभइ सहयोगको मञ्च मात्र भएको थाहा छ। भारतको ‘स्ट्यान्ड’ मा ‘क्वाड’ को दबाब छैन। 

भारत र अमेरिकाको जस्तो सम्बन्ध छ त्यस्तै सम्बन्ध रसियासँग पनि रहेको उनले बताए। पन्तका अमेरिकाले भारतमाथि कहिल्यै प्रतिबन्ध लगाएको छैन। सन् १९९८ मा भारतले ‘आणविक सन्धि’मा हस्ताक्षर नगर्दा यस्तो अवस्था एकफेर आए पनि एक वर्ष भित्र हटाइएको उनले बताए। बीबीसी  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.