रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

किभ :  रुस र युक्रेनबीच युद्ध चर्किएको बेलामा अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ। यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो।

तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन। रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन्। तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका छन्। उनले आ-फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुस बीच तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएका विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्। 

युक्रेनका अधिकारीहरुले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन्। दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन्।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने शुक्रबार बताइएको थियो।

उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। युक्रेनी राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरु अहिले पनि बजाइएका छन्। त्यस्तै युक्रेनको उत्तरी सहर चर्निभमा पनि गोलाबारी भइरहेको छ।

११ दिनदेखि रुसले युक्रेनका धेरै स्थान हमला गरिरहेको छ। ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद पनि जारी छ। जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ। यसैले पनि रुस वार्ताका लागि तयार भएको विज्ञको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.