लडाइँ जारी राख्न युक्रेनी जनतालाई राष्ट्रपति जेलेन्स्कीको अपील

लडाइँ जारी राख्न युक्रेनी जनतालाई राष्ट्रपति जेलेन्स्कीको अपील

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसी आक्रमण विरुद्ध लडाइँ जारी राख्न आग्रह गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले शनिबार राति किभबाट राष्ट्रका नाममा सम्बोधन गरेका थिए। 

जनतामा उत्साह बढाउँदै उनले अब जवाफ दिने समय आएको बताए। 'तपाईंहरु बाहिर आउनु पर्छ र यो दुस्मनलाई आफ्ना शहरहरूबाट बाहिर फाल्नुपर्छ', उनले भने।

योसँगै उनले युक्रेनलाई थप लडाकु विमान उपलब्ध गराउन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अपिल गरेका छन्। उनले अमेरिकालाई रुसी निर्मित लडाकु विमान उपलब्ध गराउन आग्रह गरेका छन्। यी विमानहरू युक्रेनी पाइलटहरूले सञ्चालन गर्न सक्छन्।

युक्रेनलाई मिग लडाकु विमानहरू दिनका लागि अमेरिकी अधिकारीहरू पोल्याण्डका नेताहरूसँग सम्पर्कमा रहेको बताइएको छ।

 पोल्याण्डले बिस्तारै सोभियत युगका लडाकु विमानहरूको प्रयोग बन्द गर्दैछ। यस्तो अवस्थामा युक्रेनका पाइलटहरूले पश्चिममा निर्मित विमान उडाउने तालिम नपाएकाले यी विमान युक्रेनलाई दिन सकिन्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.