युक्रेनी परमाणु केन्द्रलाई लिएर राष्ट्रसङ्घीय निकायको गम्भीर चिन्ता

युक्रेनी परमाणु केन्द्रलाई लिएर राष्ट्रसङ्घीय निकायको गम्भीर चिन्ता

काठमाडौं : रूसले युक्रेनको परमाणु ऊर्जा केन्द्रलाई नियन्त्रण लिएको प्रति चासो व्यक्त गरिएको छ। परमाणु ऊर्जा नियमनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनी परमाणु केन्द्र तथा त्यसका पर्यवेक्षकहरू रुसी नियन्त्रणमा रहेकाबारे गम्भीर चासो व्यक्त गरेको बीबीसीले जनाएको छ।

आईएईएका प्रमुख रफाएल ग्रोसीका अनुसार युक्रेनी निकायलाई जोपोरिज्या परमाणु ऊर्जा केन्द्रका आफ्ना कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। रुसी फौजले मोबाइल नेटवर्क र इन्टरनेट काटिदिएपछि भरपर्दो सूचना आउन नसकेको उनले बताएका छन्।

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँलेसँग कुराकानीका क्रममा रुसी राष्ट्रपतिले युक्रेनी परमाणु ऊर्जा केन्द्रहरूमाथि हमला गर्ने कुनै मनशाय नरहेको बताएका छन्। बीबीसीका अनुसार कुराकानीका क्रममा भ्लादिमिर पुटिनले अतिक्रमण वा वार्तामार्फत्‌ आफूले युक्रेनमा आफ्ना लक्ष्यहरू हासिल गर्न चाहेको माक्रोँलाई भनेको उनको कार्यालयस्थित अधिकारीहरूले बताएका छन्।

युक्रेनमा हाल चार आणविक संयन्त्रहरू सञ्चालनमा छन्। जसमा इनरहोदरको जापोरिझ्या प्लान्ट पनि समावेश छ। चेर्नोबिलबाट परमाणु फोहोर पनि यस प्लान्टमा ल्याइने गरेको छ। चेर्नोबिल भने हाल रूसी कब्जामा छ। यसबीच, परमाणु केन्द्रमा आगलागी भएपछि पश्चिमा नेताहरूले रूसले लापरबाहीपूर्ण कार्य गरिरहेको भन्दै निन्दा गरेका छन्।

रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहेपनि युक्रेनी सैनिकहरूले अझै प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूले जनाएका छन्। अमेरिकी सैन्य स्रोतका अनुसार मस्कोले युक्रेनी हवाई क्षेत्रमा अझै पूर्ण नियन्त्रण कायम गर्न नसकेको र किएभतर्फ बढ्न खोजेको रुसी फौजको विशाल लस्कर अझै रोकिएको अवस्थामा छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.