ललितपुरमा एकै परिवारका ५ जनाको मृत्‍यु

ललितपुरमा एकै परिवारका ५ जनाको मृत्‍यु

ललितपुर : ललितपुर कोन्जोसोम गाउँपालीका- ४ नल्लुमा एकै परिवारका चारजना मृत भेटिएका छन् । एक नाबालकको भने उपचारका क्रममा मृत्यु भएको हो। अर्का एकजनाको उपचार भइरहेको प्रहरीले बताएको छ।

उनीहरु सबैजना सोमबार बिहान घरमै मृत अवस्थामा भेटिएको महानगरीय परिसर ललितपुरका प्रवक्ता शिद्धिविक्रम शाहले अन्नपूर्णलाई बताए। प्रवक्ता शाहका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी सुस्मा स्याङताङ, ९ वर्षका नाती आसिस, ५ वर्षीय नातिनि आस्मा र २ दिनका नाबालक हुन्।

नाबालको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। सुस्मा दुई दिनकी सुत्केरी थिइन् । घाइते अवस्थामा भेटिएका  सुवासको पाटन अस्पतालमा उपचार भइरहेको छ । राती खाना खाएर कोइला बालेर सुतेकाले निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता शाहले बताए । उनीहरु एउटै कोठामा सुतेका थिए । वडाध्यक्ष तीर्थ घलानेले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.