चिकित्सकको लापर्बाहीले पेट भित्रै सुई र धागो छोडियो
![चिकित्सकको लापर्बाहीले पेट भित्रै सुई र धागो छोडियो](https://annapurnapost.prixacdn.net/media/albums/suI_20220307085152_YsSF8mWhwt.jpg)
रौतहट : चिकित्सकको लापर्बाहीको कारण सुत्केरी महिलाको पेटमा टांका लगाउने सुई फेला परेको छ। रौतहटको दुर्गाभगवती गाउँपालिका १ छतवनाटोलका जितेन्द्र महतोकी १९ वर्षिया श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा पेटभित्र दुईवटा टांका लगाउने सुइ र धागो चिकित्सकले छुटाएका छन्।
प्रसुति गराउन अम्बिकालाइ आइतबार राति गंगापिपरामा रहेको स्वास्थ्य केन्द्रमा लगिएकोमा अप्रेसन गर्दा सुई पेटमा छुटेको अम्बिकाका श्रीमान जितेन्द्र महतोले बताए।
स्वास्थ्य केन्द्रका डा.संजित कुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उनको अप्रेसन गरेको थियो। अप्रेसन गरेको केही समयपछि सुत्केरी महिलाको पेट दुख्नथालेपछि उनलाइ चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पतालमा ल्याइएको थियो।
हाल महिलाको पेटमा रहेको सुई धागो निकालिएको र बिरामीको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डाक्टर सुभाष कुमार चौधरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)