भूमिहिनको आधुनिक घर

भूमिहिनको आधुनिक घर

विराटनगर : दुहवी नगरपालिकाले दलित र भूमिहिनको लागि आधुनिक घर निर्माण गरेको छ। नगरप्रमुख आवास योजना अन्तर्गत दुहवी नगरपालिकाले भूमिहीन दलित र विपन्न अल्पसंख्यक मुस्लिमलाई लक्षित गरेर आधुनिक घर निर्माण गरेको हो।

८ करोडको लागतमा एक सय १६ वटा परिवारलाई सवै सुविधा सम्पन आधुनिक एकिकृत वस्ती निर्माण गरेर हस्तान्तरण गर्ने तयारी नगरपालिकाले गरेको छ। दुहवी नगरपालिका ११ स्थित एकसय १६ जनालाई प्रति परिवार ७ लाख १५ हजार मुल्य बराबरको घर निर्माण गरेर हस्तान्तरण गर्न लागिएको हो।

२ विगहा क्षेत्रफलमा सुविधा सम्पन दुई वटा कोठा, भान्छा र शौचालयसहित घर निर्माण गरिको हो। एकीकृतरुपमा वस्तीको विकास गर्न नगरपालिका ९० लाखमा जग्गा किनेर ८ करोडको लागतमा घर निर्माण गरेको दुहवी नगरपालिका प्रमुख वेद गच्छदारले जानकारी दिए। उनका अनुसार निर्माण भइरहेको वस्तीमा दुवैतिर नालासहितको २० फिटको सडक, घरघरमा खानेपानी पुग्ने पाईम जडान गरिएको छ। 

वस्तीमा आधारभूत विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र लगायतका अति आवश्यक निर्माणको कामसमेत सुरु गर्ने योजना रहेको छ। ६ धुर क्षेत्रफलमा निर्माण भएको घरमा विजुलीको वाइरिङ्गसमेत गरिदै छ।  नगरपालिका भित्र धेरै नै भूमिहिन र सुकुम्वासी रहेकाले एकीकृत वस्ती बनाएर समस्या समाधान गर्न नगर प्रमुख आवाश योजना मार्फत घर निर्माणको काम गरेको प्रमुख गच्छदारले बताए। उनले भने–पहिलो चरणमा ८० वटा घर हस्तान्तरण हुन्छ,  त्यसपछि बाँकी घर वितरण गर्ने सोच बनाएका छौं।‘वडास्तरबाट सूचना निकालेर प्रक्रिया निर्माण गरेर घर हस्तान्तरण गर्ने प्रमुख गच्छदारले बताए।
 
दुहवी नगरपालिका भित्र एक महत्पूर्ण समस्याकोरुपमा दलित र सुकुम्वासी र भूमिहिनको अव्यवस्थीत घरको थियो, प्रमुख गच्छदारले भने –‘१सय १६ वटा घरसहित आधुनिक एकीकृत वस्ती निर्माण केही समाधान हुन्छ। ‘आफू प्रमुखमा निर्वाचित भएर आउँदादेखि पूर्वाधार विकास र भूमिहिनको लागि निर्धारित रहेको मापढण्ड अनुसार नीतिगत काम अघि बढाएर वस्ती निर्माण गरेको दावी गरे। वस्तीमा घर पाउनेहरुलाई आत्मनिर्भर बनाउन निरन्तर तालिम दिएर सिपमुलक कामसमेत दिने योजना बनाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.