युक्रेनका चार शहरमा रुसको सीमित युद्धविराम, युक्रेनी राष्ट्रपतिले अघि सारे सर्त
काठमाडौं : युक्रेनका चार शहरमा अस्थायी युद्धविराम गर्न रुस तयार भएको छ।
रुसी रक्षा मन्त्रालयले युद्धमा फसेका विदेशी नागरिक तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न विहान १० बजेदेखि भीषण बमबारी तथा गोलाबारी भइरहेका किइभ, खारकिभ, मारियुपोल र सुमी शहरमा सीमित सिजफायर गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ।
सीमित युद्धविरामका क्रममा सुरक्षित मानव करिडोर बनाएर मानिसहरुलाई युद्धरत क्षेत्रबाट बाहिर निकालिनेछ। रुसले किइभदेखि बेलारुस र खारकिभबाट रुसी सीमासम्म मानव करिडोर खोल्ने प्रस्ताव गरेको छ।
युक्रेनको सर्त
रुसको प्रस्तावमा युक्रेनले भने सर्त अघि सारेको छ। युद्धग्रस्त शहरहरुबाट शरणार्थीलाई बेलारुस र रुस लैजानेगरी आएको मानवीय करिडोर खोल्ने प्रस्तावलाई अनैतिक भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्ना नागरिकलाई युक्रेनकै बाटोबाट बाहिर जान अनुमति दिनुपर्ने माग गरेको रोयटर्सले जनाएको छ।