कांग्रेस धनुषा : मतदान अझै जारी, ७५ प्रतिशत मत खस्यो

कांग्रेस धनुषा : मतदान अझै जारी, ७५ प्रतिशत मत खस्यो

जनकपुरधाम : नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत धनुषामा निर्वाचन जारी रहेको छ। पटकपटक स्थगित हुँदै आएको अधिवेशन सोमबार निर्वाचन प्रक्रियाबाट टुंगो लाग्ने भएकोमा हाल ७५ प्रतिशत निर्वाचन भएको छ भने अझै निर्वाचनमा मतदान जारी रहेको छ।

जनकपुरधामको एतिहासिक तिरहुतिया गाछीमा निर्वाचन हुँदैछ। मतदानको समय तीन बजेसम्म मात्र तोकिएपनि मतदाता लागातररुपमा आएर मतदान गरिरहेकोले समयावधि बढाईएको जिल्ला निर्वाचन समितिले जनाएको छ।

जिल्ला सभापतिका लागि धनुषामा तीन जना उम्मेदवारहरु प्रतिस्पर्धामा उर्तिएका छन्। केन्द्रीय सभापति शेरबहादुर देउवाको समूहबाट वर्तमान जिल्ला उपसभापति संतोष यादव, विमलेन्द्र निधिको समूहबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार र शेखर कोइरालाको समूहबाट दिनेश प्रसैला यादव रहेका छन्।

तीनै जना उम्मेदवारले पहिलो चरणमै आफूहरु जित्ने दावी गरे पनि दोश्रो चरणमा मात्रै टुङ्गो लाग्ने मतदातहरुको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.