साथीलाई गोली प्रहार गरी फरार युवक पक्राउ

साथीलाई गोली प्रहार गरी फरार युवक पक्राउ

जनकपुरधाम : आफ्नै साथीलाई गोली प्रहार गरी फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति आफ्नै साथीलाई गोली प्रहार गरी फरार रहेको एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका १९ शिवपुर बस्ने २५ वर्षिय रुपेश यादव रहेको प्रहरीले जनाएको छ।

रुपेशले शनिबार धनुषाको कमला नगरपालिका ८ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका–१९ शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षिय मुकेश मुखियाको घाँटी माथिल्लो भागमा गोली हानी फरार भएको थियो। प्रहरीले अनुसन्धानको क्रममा मुकेश मुखिया र रुपेश यादव साथी रहेको र मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले आफ्नो साथमा बोकेर ल्याएको पेस्तोल निकाली मुकेशलाई गोली प्रहार गर्दा घाँटीमा गोली लागेर उनी गम्भीर घाईते भएका थिए।

प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल तथा संलग्न व्यक्तिलाई खोज तलाश गर्ने क्रममा आइतबार बिहान घटनास्थल भन्दा ६०/७० मिटरको दुरीमा रहेको जनकपुरधाम उप–महानगरपालिका १९ स्थित जगदिश साहको खाली खेतमा सो वारदातमा प्रयोग भएको म्याग्जीन नभएको अटोमेटिक पेस्तोल फेला परेको थियो।

घटनामा संलग्न रुपेशको खोज तलाश गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको धनौजी गाँउपालिका-४ स्थित नेपाल भारतको सिमा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए।

रुपेशले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरी प्रमुख उपरिक्षक बसन्त रजौरेको भनाई छ। पक्राउ परेको उनीमाथि ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ। यता गोली लागि गम्भिर घाईते भएका मुकेश मुखियाको हाल काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.