रुस-युक्रेन युद्ध : एक हप्तामा दोश्रो रुसी सेना अधिकारी मारेको युक्रनेको दाबी
काठमाडौं : युक्रेनले रुसी सेनाका रुसी सैन्य अधिकारी मारेको दाबी गरेको छ। युक्रेनको रक्षा मन्त्रालयले मेजर जनरल विताली गेरासिमोव मारेको दाबी गरेको छ। तर यस बारेमा रुसले भने केही बोलेको छैन।
एक हप्ताभित्र दोश्रो रुसी सैन्य अधिकारी मारेको युक्रेनले दाबी गरेको छ। यसभन्दा अघि ३ मार्चमा युक्रेनले रुसी मेजर जनरल एंडी सुखोवेत्स्की मारेको दाबी गरेको थियो।
को थिए रुसी सैन्य अधिकारी विताली गेरासिमोव ?
सैन्य अधिकारी वितालीको जन्म ९ जुलाई १९७७मा रुसको कजान शहरमा भएको थियो। उनले १९९९ मा कजान उच्च टैंक कमाण्ड स्कुलबाट उच्च शिक्षा हासिल गरेका थिए।
अधिकारी विताली रुसका ४१औं आर्मीको पहिलो निमित्त कमाण्डर पनि रहिसकेका छन्।
अधिकारी वितालीको पदस्थापन नर्थ काँकस दक्षिण पूर्वी जिल्लामा रहेको थियो। उनी प्लाटुन कमाण्डरबाट ४१औं चीफ अफ स्टाफसम्म पुगेका थिए।