ती नारी, जसको श्रम नगरी छाक टर्दैन...
काठमाडौं : आज अन्तर्राष्ट्रिय महिला दिवस। महिला अधिकार र सशक्तीकरणको आवाज बुलन्द गर्ने दिन। देशभर कतै महिला अधिकारका आवाज गुन्जिरहेका छन् त कतै महिलाहरु रोजीरोटीका लागि गुजारा टार्न श्रम गर्नमै व्यस्त छन्। केही श्रमिक महिला त महिला दिवसबारे पूर्णरुपमा अनविज्ञ देखिन्छन्।
नेतृत्वमा महिला सहभागिताका कुरा उठेपनि सामाजिक, राजनीतिक र आर्थिक भूमिकामा उनीहरु धेरै पछाडि छन्। हालः महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता आदि सबालहरू अन्तर्राष्ट्रिय महिला दिवसका मुख्य मुद्दा हुने गरेका छन्।
महिलाबारे बनेका सरकारी नीतिनियम र कानुनबारे आम नागरिकलाई सुसूचित बनाउने सम्बद्ध निकाय गम्भीर नहुँदा ठूलो संख्यामा महिलाहरु पछाडि परिरहेको अधिकारकर्मीहरु बताउँछन्।