कांग्रेस नेतृ आरजुले भनिन्- सबै उपमेयरलाई मेयरको उम्मेदवार बनाऔं

कांग्रेस नेतृ आरजुले भनिन्- सबै उपमेयरलाई मेयरको उम्मेदवार बनाऔं

काठमाडौं: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले सबै उपमेयरलाई स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बनाउन दलहरुसँग अग्रह गरेकी छन्। त्यसका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पहल थाल्ने उनले बताइन्।

सम्पर्क भारत नेपालले काठमाडौंमा आयोजना गरेको राजनीतिमा महिला सहभागिता : चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा उनले यस्तो बताइन्।

महिला उमेदवारका लागि 'मनी, मसल र पावर' ठूलो चुनौती रहेको डा. राणाले बताइन्। ‘चुनावमा आचार संहिता मिच्नेलाई कडा कारबाही गर्नुपर्छ।  चुनावमा ठूला नेताहरुले हेलिकप्टर प्रयोग गरेको जनताले देख्छन् तर आयोगले प्रतिवेदन बनाउँछन्। प्रतिवेदन दराजमा थन्काइन्छन्,’ राणाले  भनिन्, ‘ नेताहरुले चुनावमा हेलिकप्टर प्रयोग गर्ने स्रोतको पनि खोज्नुपर्छ।’ 

महिलाहरुले प्रत्यक्ष चुनाव जित्न सक्दैन भन्ने मान्सिकता त्याग्नुपर्ने उनले बताइन्। 'ल, ल आन्दोलनमा २-३ ट्रक महिलाहरु ल्याउ भन्दै नेताहरु फोन गर्छन्। आन्दोलनमा पुरुष सँगसँगै लडेका महिलालाई उनीहरुले सत्ता र अधिकार दिन चाहँदैन, उनले भनिन्, ‘सीता र सावित्रीको भूमिकामा बसेरमात्रै भएन महिलाहरुले राजनीतिमा दूर्गा र कालीको शक्ति देखाएर सक्षम बन्नुपर्छ।’ 

फर्केर हेर्ने हो भने महिलाहरु समाजमा शक्तिशाली रहेको इतिहास उनले उल्लेख गरिन्। ‘राजनीतिमा लागेका महिलाहरुलाई एक पटक स्थान दिएर हुँदैन। उनीहरुलाई अगाडि बढाउन पार्टी र पार्टी बाहिरबाट सधैं सहयोग गर्नु पर्छ,' महिलाहरुलाई विचार भनेर होइन, उनका कमजोरी पक्षलाई सक्षम बनाउन सबैले सहयोग गरौँ।’
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.