अन्नपूर्ण मिडिया नेटवर्कका महिला कर्मचारीलाई तालिम

अन्नपूर्ण मिडिया नेटवर्कका महिला कर्मचारीलाई तालिम

काठमाडौं: डान्सर तथा फिटनेस ट्रेनर कविता नेपालीले हरेक महिलाले आत्मरक्षाको तालिम लिनुपर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कले महिला कर्मचारीका लागि आत्मरक्षा तथा स्वास्थ्यसम्बन्धी प्रदान गरेको तालिममा उनले यस्तो बताएकी हुन्।

कार्यक्रममा ट्रेनर लाउरे सिंहले जुम्बा डान्स सिकाएकी थिइन्। महिला हिंसाविरुद्ध आवाज उठाउँदै आएको अन्नपूर्ण मिडियाका महिला कर्मचारीले महिला अधिकारका पक्षमा अग्रपंक्तिमा सूचना प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा अल्का अस्पतालका महिला रोग विशेषज्ञ रेश्मा बज्राचार्यले महिला स्वास्थको विषयमा जानकारी दिएकी थिइन्। उनले महिनावारी समयमा हुने समस्या, पाठेघरको सुरक्षा र हेरचाहको विषयमा जानकारी दिएकी थिइन्।

सहभागीहरुले नृत्य, आत्मरक्षा र स्वास्थ चेतनाको विषयमा एकै थलोमा बुझ्न पाउँदा खुसी व्यक्त गरे। उनीहरुलाई विभिन्न खेल खेलाएर उपहारसमेत प्रदान गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.