युक्रेन रुस युद्धको १३ औं दिन : कस्तो छ पछिल्लो अवस्था ?
किभ : युक्रेन र रुसबीचको युद्ध १३ औं दिन पनि जारी छ। रुसले युक्रेनको राजधानी किभलाई नियन्त्रण गर्न सकेको छैन। रुसी र युक्रेनी सेनाबीच भिडन्त जारी छ। यसैबीच अमेरिकाले रुसबाट तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएको छ।
अमेरिकाले रुसबाट तेल र ग्यास आयातमा तत्काल प्रभावकारी प्रतिबन्ध लगाएको छ। साथै बेलायतले सन् २०२२ सम्ममा चरणबद्ध रूपमा रुसमाथि प्रतिबन्ध लगाउने योजना बनाएको छ।
यसको प्रतिक्रियास्वरूप रुसले पनि पश्चिमी मुलुकका केही उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ। रुसले पनि युरोपलाई ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ। युरोप रूसबाट ग्यास आपूर्तिमा धेरै निर्भर छ।
पोल्याण्डले जर्मनीमा रहेको अमेरिकी एयरबेसमा आफ्नो लडाकु विमान पठाउन तयार रहेको बताएको छ। तर, अमेरिकाले यस प्रस्तावका बारेमा आफूहरुसँग सम्पर्क नगरेको र उचित नभएको भन्दै अस्वीकार गरेको बताएको छ।
धेरै ठूला कम्पनीहरूले रुसमा आफ्नो व्यापार बन्द गरिसकेका छन्। म्याकडोनाल्ड, स्टारबक्स, कोकाकोला र पेप्सीले पनि रुसमा व्यापार बन्द गर्ने घोषणा गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतको संसदलाई भर्चुअ तरिकाले सम्बोधन गरे।
युक्रेनमा भएको आक्रमणपछि २० लाखभन्दा बढी मानिसले देश छोडेका संयुक्त राष्ट्रसंघले जनाएको छ। बीबीसी