एमसीसी पराकम्प : माओवादी केन्द्रका महोत्तरी जिल्ला संयोजकसहितले दिए राजीनामा

एमसीसी पराकम्प : माओवादी केन्द्रका महोत्तरी जिल्ला संयोजकसहितले दिए राजीनामा

काठमाडौं : एमसीसी राष्ट्रहित विपरित रहेको जान्दा-जान्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाट पास गर्न भुमिका खेलेको भन्दै पार्टीका महोत्तरी जिल्ला संयोजक तुलसी ढुंगानासहितले राजीनामा दिएका छन्। प्रेस विज्ञप्ती जारी गर्दै उनीसहितले राजीनामा दिएका हुन्। 

उनी मधेश प्रदेशका प्रदेश समिति सदस्य पनि थिए। राजीनामा दिनेमा मधेश प्रदेश समिति सदस्य रामबहादुर राना, प्रदेश सदस्य तथा बर्दिबास नगरपालिका ३ का वडा अध्यक्ष राजन ढुंगाना, वडा नम्बर ३ का वडा कमटि अध्यक्ष नरबहादुर खनाल र  अनेम संघ(क्रान्तिकारी) की केन्द्रीय सदस्य उर्मिला कार्की रहेका छन्।  

‘एमसीसी नेपाली जनताको हितविपरित छ। राष्ट्रघातीको हिलोबाट कलंकित भएर पार्टीभित्र बस्न मन लागेनँ। त्यसैले हामीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छौं। तर, हामी अरु पार्टीमा जाँदैनौं।’, पूर्व जिल्ला संयोजक ढुंगानाले अन्नपूर्णसँग भने।

राजीनामा दिएका नेता तथा कार्यकर्ता नारायणकाजी श्रेष्ठ तथा गिरिराजमणि पोखरेल निकट छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.