आगलागीबाट जलेर बालकको मृत्यु

आगलागीबाट जलेर बालकको मृत्यु

गुलरिया: आगलागीबाट बर्दियामा १४ वर्षीय बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ९ खैरेनी निवासी १४ वर्षीय दिनेश चौधरीको  आगलागीबाट मृत्यु भएको हो । बालक घरभित्रै सुतिरहेको अवस्थामा अचानक आगलागी भएपछि मंगलबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

सवा १० बजे राती जानकारी पाएको प्रहरी चौकी कर्तनियाबाट पुगेको उद्धार टोलीले राती पौने ११ बजे आगो नियन्त्रणमा लिएको हो । टिनले छाएको दुईकोठे कच्ची घरमा मैनबत्ती बालेर बालक घरमै बसेको र आमा छोरी ढोकामा चुक्कुल लगाएर छिमेकीको घर गएका बेला एक्कासी आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी शाहीले जानकारी दिए ।

 घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.