सिरहा कांग्रेस निर्वाचन : पुन मतदान नगरे समानान्तर समिति गठन गर्ने

सिरहा कांग्रेस निर्वाचन : पुन मतदान नगरे समानान्तर समिति गठन गर्ने

सिरहा : नेपाली कांग्रेस सिरहाको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार रामचन्द्र यादवले धाँधली गराएको भन्दै संस्थापन इतर पक्षले पुनः मतदानको माग गरेको छ। पुनः मतदान नभए समानान्तर समिति गठन गर्ने पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। 

मंगलबार लहानमा पत्रकार सम्मेलन गरी सभापति पदका उम्मेदवार रामसुन्दर चौधरीले निर्वाचनमा धाँधली भएको बताए। प्रहरी प्रशासन र निर्वाचन समितिको मिलोमतोमा धाँधली भएको उनले सुनाए। ‘हामीले मतदानमा धाँधली भएको र तत्काल मतदान रोक्न निर्वाचन चलिरहेकै बेला पनि केन्द्रीय निर्वाचन समितिलाई लिखित निवेदन छौँ,’ उनले भने,‘तर, अहिलेसम्म कुनै जवाफ आएको छैन। पुनः मतदान नगरे समानान्तर समिति गठन गर्छौं।’

निर्वाचनमा प्रयोग गरिएको मतपत्रमा सिरियल नम्बर, अर्धकट्टी र निर्वाचन अधिकृतको हस्ताक्षर हुनुपर्ने चौधरी पक्षले माग गरेको थियो। तर, निर्वाचन संजीव लामाले कुरै नसुनी एकलौटी रुपमा अर्को उम्मेदवारसँग मिलेर धाँधली गराएको चौधरीले पत्रकार सम्मेलनमा बताए। 

‘मतदाता रुजु गर्ने ठाउँमा नै औँलामा मसी लगाउने गरेको थियो। मसी लगाएको देखाएर भित्र मतपत्र दिइन्थयो,’उपसभापतिका उम्मेदवार गंगाराम यादवले भने,‘मसी लगाएर मतदाता नै नभएका व्यक्तिहरुले मतदान गरेको छ।’ यो सबै घटना प्रहरी र निर्वाचन समितिको मिलोमतोमा भएको उनको आरोप छ। 

नेतृत्व चयनको लागि गोलबजारमा सोमबार मतदान भएको थियो। मतदानकै क्रममा विवाद हुँदा मतपत्र च्याताच्यात भएको थियो। मतपत्र च्यातिए पनि निर्वाचन रोकिएन। 

मतगणनामा चौधरी पक्ष सहभागी जनाएको थिएनन्। निर्वाचन समितिले मतगणना गरी मंगलबार रामचन्द्र यादवलाई सभापति निर्वाचित गराएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.