पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध विपक्षी दलले ल्याए अविश्वास प्रस्ताव

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध विपक्षी दलले ल्याए अविश्वास प्रस्ताव

काठमाडौं : पाकिस्तानका विपक्षी दलले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव अघि सारेका छन्। विपक्षी दलले मंगलबार प्रधानमन्त्री खानविरुद्ध संसद सचिवालयमा दर्ता गराएका हुन्।

अविश्वास प्रस्ताव ल्याएका विपक्षी दलहरु पाकिस्तान पीपल्स पार्टी, जेयूआई र मुस्लिम लिग-एनलगायतले संसद अधिवेशन आह्वान गर्न पनि माग गरेका छन्। विपक्षी दलहरुको साझा सम्मेलनले खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको थियो।

विपक्षी दलका नेता शहबाज शरीफ, आसिफ अली जरदारी र मौलाना फजलुर्रहमानले इस्लामावादमा संयुक्त पत्रकार सम्मेलन गरेर अविश्वास प्रस्तावका लागि आवश्यक १७२ भन्दा बढी सदस्यको समर्थन रहेको दाबी गरेका छन्।

विपक्षी गठबन्धनले २ सय सदस्यको समर्थन रहेको दाबी गरेको हो। प्रस्ताव पारित हुन १७२ सदस्य आवश्यक पर्ने बीबीसीले जनाएको छ।

उनीहरुले पछिल्ला चार वर्षमा आर्थिक र सामाजिक रुपले पूर्ण असफल रहेको, महंगी र बेरोजगारी बढेको, मुलुक ऋणमा फसेको र काम गर्न प्रधानमन्त्री अक्षम रहेको भन्दै राष्ट्रहितका लागि अविश्वास प्रस्ताव ल्याउनुपरेको बताएका छन्।

प्रधानमन्त्री खानले आफू अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको बताएका छन्। उनका राजनीतिक मामिला विशेष सहायक शहबाज गिलले पनि विपक्षीको अविश्वास प्रस्तावलाई स्वागत र सामना गर्ने बताए।   

अविश्वास प्रस्ताव आएपछि प्रधानमन्त्री खान पनि सक्रिय भएका छन्। उनले बुधबार आफ्ना सहयोगी दलसँग सम्वाद थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.