प्रक्रिया मिचेर करोडौं ठेक्काको काम, प्रमुख आचार्यलाई मन्त्रालय तानियो
विराटनगर : शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख मिलन आचार्यको सरुवा भएको छ। सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख आचार्यले पक्रिया मिचेर बिना टेन्डर एक करोड ६४ लाख बराबरको काम आफू निकट ठेकेदारमार्फत गराउन थालेको पाइएपछि बधबार उनको सरुवा भएको हो।
मुख्यमन्त्री कार्यालय प्रदेश १का सचिव उधम रिजालले म्यानेजमेन्ट क्षमता नभएका कारण सरुवा गरिएको जानकारी दिए। उनको सडक तथा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सरुवा गरिएको जानकारी दिए। प्रमुख आचार्यले सम्बन्धित मन्त्रालयसंग कुनै सवन्वय नगरिकन आफू निकट दुई ठेकेदार थपिएको मन्त्रालय राख्न विराटनगर १४ जतुवास्थित विराट साइन्स क्याम्पसको भवनको मर्मत सम्भार गर्न अवैध निर्माण सेवा र प्रियका कन्ट्रक्सलाई मौखिमरुपमा रातरात काम दिएपछि उत्पन्न भएको विवादपछि उनको बुधबार सरुवा गरिएको हो। कार्यालयका प्रमुख मिलन आचार्यले प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको निर्देशनमा भवनको मर्मत सम्भार सुरू गरिएको भन्दै काम सूरु गरे पछि सहरी विकास तथा सडक पूर्वाधार मन्त्री हिमाल कार्कीले विरोध जनाएपछि सरुवा गरिएको हो।
१५ दिनमा काम सम्पन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले निर्देशन दिएकाले आफूले तत्काल काम सुरु गरेको उनले बताउदै आएको थिए। समय नभएकाले आफू तत्काल मन्त्री कै निर्देशनमा राम्रो मनसायले काम सुरु गरे पछि विवाद भएको प्रमुख आर्चायले बताउदै आएका थिए। मन्त्रालय राख्ने भवनको काम सुरु भएको थाहा पाएपछि पछिल्लो समय सहरी विकास तथा सडक पूर्वाधार मन्त्री हिमाल कार्की बिना सूचना सार्वजनिक गरेर पक्रिया मिचेर मर्मत सभारको कामको विपक्षमा उत्रिएको थियो। मन्त्रालयमा बजेट नभएको र बिना जानकारी काम सुरु गरेको भन्दै विरोध जनाए पछि काम बन्द भएको थियो।
आचार्यले आफ्नो बुधबार सरुवा भएको बताए। के कारणले सरुवा भएको भन्ने विषय आफूलाई थाहा नभएको बताए। उता सहरी विकास तथा सडक पूर्वाधार मन्त्री हिमाल कार्कीले लामो समयदेखि काम गर्दै आएका प्रमुख आचार्य विरामी भएकाले मन्त्रालयमा सरुवा भएको जानकारी दिए। मन्त्रालयमा आरामका साथ प्रदेशको काम हेर्न सजिलो हुने भएको सरुवा हुन सक्ने उनले बताए ।
सो भवनको ‘अहिले चमेना गृह भवन, गार्ड आवास, छाना फेर्ने, रङरोगन, हाता पर्खाल, भूई र सिंढीमा मार्बल लगाउने कार्य, शौचालय र विद्युतको मर्मत सम्भार सुरू भएको थियो। प्रमुख अचार्यले बाउन्डीवालको लागि २७ लाख ७२हजार, पाटिष्सनको लागि १८ लाख ५० हजार, रंगरोदनको लागि २७ लाख, वाइरिङ्गको लागि १२ लाख १२ लाख ७८ हजार, विद्युतको लागि ३५ लाख ७० हजार, मर्मतको लागि ८ लाख ९१ हजार शिर्षकमा दुई निर्माण व्यवसायलाई सूचना बिना काम गर्न लगाइएको हो।
प्रदेश १ सरकारले सात मन्त्रालय फुटाएर १३ वटा बनाएपछि मन्त्रालय राख्ने ठाउँको अभाव भएपछि विराट साइसन्स कलेजको भवन मर्मत सभार गर्ने काम सुरु गरिएको थियो।