साइबर ब्युरोलाई दक्षिण कोरियाको सहयोग

साइबर ब्युरोलाई दक्षिण कोरियाको सहयोग

 काठमाडौं : नेपाल प्रहरी साइबर ब्युरोको प्राविधिक तथा भौतिक उन्नतिका लागि दक्षिण कोरियाले ९० करोडभन्दा बढी प्रदान गर्ने भएको छ। कोरिया सरकारको कोरियन इन्टरनेसनल कोअपरेसन ‘कोइका’ एजेन्सीले साइबर ब्युरोको नयाँ संरचना निर्माणमा सहयोग गर्न लागेको हो। जसका लागि गृह मन्त्रालय र दक्षिण कोरिया सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। उक्त सकम साइबर ब्युरोको भौतिक संरचना निर्माण, प्राविधिक जनशक्ति उत्पादन तथा प्रहरीको क्षमता अभिवृद्धिमा खर्च हुनेछ। 

परियोजना पाँच वर्षभित्र पूरा हुने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए। केही समयमै भौतिक संरचना निर्माण सुरु हुनेछ। साइबर ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालका अनुसार परियोजना सम्पन्नपछि साइबर सुरक्षामा थप प्रभावकारी काम गर्न सहयोग पुग्नेछ। 

पछिल्लो साइबर सुरक्षा र अपराधका विषय समय चुनौतीका रूपमा खडा भएका छन्। परियोजनाअनुसार भोटाहिटीमा रहेको साइबर ब्युरो सामाखुसीमा सारिनेछ। सामाखुसीस्थित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाछेउमा सुविधासम्पन्न साइबर ब्युरोको पक्की भवन बन्ने ब्युरोका प्रवक्ता अर्यालले बताए। 

‘यसले डिजिटल फ्रेन्डसिप र साइबर सुरक्षाको क्षेत्रमा व्यापक सुधार भई साइबर अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ,’ उनले भने। भवन निर्माणका लागि जग्गा भने सरकारले उपलब्ध गराउँछ। परियोजना सकिएपछि नेपालको साइबर ब्युरोलाई प्राविधिक रूपमा धेरै अगाडि बढ्न सजिलो हुने अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की बताउँछन्।

साइबर क्राइम सम्बोधन गर्न विद्युतीय कारोबार ऐन २०६३ प्रचलनमा छ। हदम्याद कम भएका कारण पनि कतिपय घटना समयमा अनुसन्धान हुन सकेको छैन। अहिलेका भौतिक तथा प्राविधिक समस्या हल गर्न परियोजनाले सहयोग पु¥याउने एआईजी पालले विश्वास व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.