स्वास्थ्य केन्द्रको भवन उद्धाटन
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ मा रहेको कुर आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्धाटन गरिएको छ। कुर आधारभूत स्वास्थ्य केन्द्र भवनको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले रिबन काटेर उदघाटन गरेका हुन्।
भवन उद्धाटन गर्दै नगर प्रमुख कमलप्रसाद भुसालले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले कोभिड तथा अन्य महामारीमा पनि नगरले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउदै विकासका क्षेत्रमा सन्धिखर्कमा उल्लेखनीय कार्य भएको बताएका छन् ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जग्गादाता बिष्णुप्रसाद भुसाललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो।