कांग्रेस धनुषा : दोस्रो चरणको मतदान शुक्रबार हुने
जनकपुरधाम : नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोश्रो चरणको मतदान शुक्रबार हुने भएको छ। पहिलो चरणको निर्वाचनमा विमलेन्द्र निधिका उम्मेदवार योगी पजियार पहिलो, संस्थापन ईत्तर कोईराला पक्ष दोश्रो र देउवा पक्ष तेश्रो भएपछि दोश्रो चरणमा बिहिबार हुने भनिएको मतदान शुक्रबारका लागि सारिएको हो।
जिल्ला निर्वाचन अधिकृत अरुण ज्ञवालीले कांग्रेस धनुषाको अधिवेशनमा सभापति पदको दोश्रो चरणको निर्वाचन (मतदान प्रक्रिया) को बिहीबार बिहान ८ बजेदेखि गर्ने सूचना प्रकाशन गरिएको पनि निर्वाचन हुन सकेको छैन्। उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार सभापति पदको दोश्रो चरणको मतदान शुक्रबार बिहान ८ बजे देखि हुने जानकारी दिए। दोश्रो चरणको मतदानमा डा. शेखर कोइराला समूहबाट निर्वाचनमा भाग लिएका दिनेश प्रसैला यादवले विमलेन्द्र निधि समूहका योगी पजियारलाई समर्थन गर्ने बिहिबार राति ९ बजे नै पत्रकार सम्मेलनमार्फत जानकारी गराईसकेका छन्।
पहिलो चरणको मतदानमा २ हजार ९१२ मत खसेकोमा योगेन्द्र पजियारले १ हजार २ सय ४८ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार देउवा समूहका सन्तोष यादवले ८ सय ८२ र दिनेश प्रसैला यादवले ६ सय ३० मत प्राप्त गरेका थिए।