आइडल विजेतालाई २७ लाख ५० हजार

आइडल विजेतालाई २७ लाख ५० हजार

काठमाडौं : नेपाल आइडलको विजेताले के उपहार प्राप्त गर्छन् ? भन्ने सबैलाई व्यग्र उत्सुकता छ। यही उत्सुकता मेटाउँदै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले शुक्रबारको कार्यक्रममा पुरस्कार घोषणा गरेका छन्। 

विजेताले २७ लाख ५० हजार नगद प्राप्त गर्नेछन्। फस्ट रनरअपले ५ लाख र सेकेन्ड रनरअपले ३ लाख नगद प्राप्त गर्नेछन्। अन्य सरप्राइज पुरस्कार पनि रहेको थापाले बताए। पुरस्कार घोषणा गर्दै क्याप्टेन थापाले कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनको लागि नेपाल आइडल सफल भएको बताए। आइडल सिजन-४ लाई फाइनलसम्म ल्याउन सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रदान गरेका थिए।

नेपाल आइडलको २८औ शृंखला उत्कृष्ट-५ को धमाकेदार प्रस्तुतिसँगै रंगीन बनेको थियो। नाङ्गेल तामाङले तालको पानी माछीले खानी भन्दै स्टेज थर्काए। लक्ष्मी पौडेलले देशप्रेमको भावमा हुरुक्कै बनाइन्। रञ्जित नेपालीले चोट दिने मायालुको यादमा बिलौना गरिरहे। नेपालीको प्रस्तुतिमा मञ्चमा पिनडप साइलेन्ट छाएको थियो। यस्तै भूपेन्द्र मगरले वरपर गाउँघरमा हल्ला छ भन्दै सुनाए त विश्वास उप्रेतीले सम्झनाहरूलाई अगाल्दै जीवन बिताउने प्रतिबद्धता गरे। उप्रेतीले पनि आइडलको मञ्चमा धमाका देखाए। गीत गाउँदागाउँदै गितारिस्ट र गायकसमेत स्टेजमा बबाल गर्दै थिए।  कार्यक्रममा अतिथि कलाकारका रूपमा चलचित्रकर्मी भुवन केसी उपस्थित थिए। चैत ४ देखि प्रदर्शनमा आउन लागेको चलचित्र चिसो एस्ट्रेका अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता दिव्यदेव पनि उपस्थित थिए।  आइडलमा फिल्मका गायक अजर जंगमले विशेष प्रस्तुति दिएका थिए। फिल्मको टे«लर पनि प्रदर्शन गरिएको थियो। 

कार्यक्रममा विविधता देख्न सकिन्थ्यो। उत्कृष्ट-५ को यो अन्तिम प्रस्तुति हो। अब कोही पनि बाहिरिँदैनन्। एकैपटक उत्कृष्ट एकजनाले विजेताको ताज पहिरिनेछन्। नाङ्गेल तामाङ, रञ्जित नेपाली र विश्वास उप्रेतीले सेल पे एपबाट प्रदान गरिने विजयी भव मोमेन्टबाट ११ हजार उपहार जित्न सफल भए। पर्फमर अफ द विक बनेका विश्वासले हिमाल रेमिटको तर्फबाट १५ हजार रुपैयाँ र गितार प्राप्त गरे।  एपीवान टेलिभिजनको विशेष प्रस्तुति हो नेपाल आइडल। कार्यक्रमका निर्देशक तथा प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार चैतको ५ गते नेपाल आइडल सिजन ४ को विजेता घोषणा गरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.