३ वर्षमा ४ किमि कालोपत्रे

३ वर्षमा ४ किमि कालोपत्रे

डोटी : कैलालीको सहजपुर–डोटी बोगटान (५० किमि) सडक कालोपत्रे अलपत्र परेको छ। पीआरएल कुमार जेभीले २०७५ फागुनमा ३० महिनामा सक्ने गरी जिम्मा लिएको थियो।  तर, तीन वर्षसम्म चार किलोमिटर मात्रै कालोपत्रे गरेको छ। रूख कटान, बेमौसमी वर्षा तथा कोरोनाका कारण समयमा काम गर्न नसकिएको सहजपुर–बोगटान–दीपायल सडक आयोजनाका प्रमुख उज्वल श्रेष्ठले बताए।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते सडक कालोपत्रेको शिलान्यास गरेका थिए। 

‘शिलान्यास भएको २८ महिनापछि मात्रै रूख काट्ने आदेश आयो। बेमौसमी वर्षाले काम गर्न दिएन,’ श्रेष्ठले भने । आयोजनाको म्याद २०७९ असारसम्म थपिएको छ। ‘त्यो बीचमा ३३ किमि कालोपत्रे गरिसक्छौं,’ उनले भने । अहिले कैलालीको सहजपुरबाट साढे चार किमिको काम सकिएको छ। 

त्यसपछिको १३ किमिमा सबबेश लगाइसकिएको योजना सुपरभिजन कन्सलटेन्ट पुष्प भट्टले जानकारी दिए। २०७९ माघभित्र पूरा हुने उनले बताए। २ अर्बमा ठेक्का लागेको छ। यो खण्ड ट्र्याक खोल्ने कार्य २०४४ सालमा सुरु भएको हो।  स्थानीय तेजबहादुर मौनीले भने, गाउँले सबै मिलेर सडक कार्यालय र ठेकेदारलाई दबाब दिनुपर्ने भयो।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.