भारतको ओडिशामा विधायकले भीडमाथि गाडी चढाए : सात प्रहरी र दुई पत्रकारसहित २२ घाइते

भारतको ओडिशामा विधायकले भीडमाथि गाडी चढाए : सात प्रहरी र दुई पत्रकारसहित २२ घाइते

ओडिशा : बिजु जनता दलका विधायक प्रशान्त जगदेवले बनपुरमा आफ्नो गाडी मानिसहरुको भीडमा चढाए। दुर्घटनामा प्रहरी र दुई पत्रकारसहित २२ जना घाइते भएका छन्।

ती मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बीबीसीमा समाचार छ । घटनाको समयमा विधायक जगदेव आफैं कार चलाइरहेका थिए।

दुर्घटनापछि आक्रोशित जनताले उनलाई कारबाट तानेर निर्मम कुटपिट गरेका थिए जसका कारण विधायक गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि भुवनेश्वरको निजी अस्पतालमा भर्ना गरिएको छ ।

केन्द्राञ्चल पुलिस आईजी नरसिंह भोललेका अनुसार उनी हाल प्रहरी हिरासतमा छन् र उननीविरुद्ध हत्या प्रयास सहितका मुद्दा दर्ता गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.