आफ्नो कब्जामा रहेको युक्रेनको मेलिटोपोलमा रुसी सेनाले नयाँ मेयर नियुक्त गरे
किभ : रुसी सेनाले आफ्नो कब्जामा रहेको मेलिटोपोल सहरमा नयाँ मेयर नियुक्त गरेको छ । यो जानकारी युक्रेनको स्थानीय मिडियाले दिएको छ।
यसअघि शुक्रबार दिउँसो मेलिटोपोलका मेयर इभान फेडोरोभलाई रुसी सेनाले अपहरण गरेको खबर आएको थियो ।
नयाँ मेयर र सिटी काउन्सिलको पूर्व डेपुटी ग्यालिना डेनिलचेन्कोले एक टिभी प्रसारणमा आफ्नो मुख्य काम 'यस नयाँ वास्तविकताको सामना गर्ने आधारभूत प्रणाली' मा काम गर्नु भएको भनेकी छिन्।
उनले नगर चलाउनका लागि जनप्रतिनिधिको समिति बनाएर काम गरिरहेको बताइन् । उनले चरमपन्थी गतिविधिमा संलग्न नहुन जनतालाई आग्रह गरिन् ।
उनले जनप्रतिनिधिसँग भनिन्, ‘हामी जनताबाट चुनिएका हौँ । उनीहरुको भलाइको लागि काम गर्नु हाम्रो पहिलो कर्तव्य हो । मेलिटोपोलमा यो समितिको प्रशासनिक जिम्मेवारी हुनेछ।'