काभ्रेमा नागरिक आरोग्य समिति गठन
काभ्रे : जिल्ला नागरिक आरोग्य समिति गठन भएको छ। आईतबार धुलिखेलमा मेरो स्वास्थ्य, मेरो जिम्मेवारी नाराको साथ जिल्ला नागरिक आरोग्य समिति गठन भएको हो। नागरिक आरोग्य कार्यक्रम संचालन निर्दिेशका २०७६ बमोजिम काभ्रे जिल्लामा समिति गठन गरिएको छ।
समितिको संयोजकमा जिल्ला समन्वय समिति काभ्रेको प्रमुख उद्धव केसी रहेका छन्। समितिको सदस्य सचिब जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेका प्रमुख डा मनोज कुमार चौधरी रहेकाछन्। समितिको सदस्यहरुमा जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख, शिक्षा बिकास समन्वय ईकाई र पछि स्वास्थ्य क्षेत्रमा कार्यरत एक जना मनोनित हुने गरी समिति गठन भएको हो।
जिल्ला आरोग्य समिति गठन कार्यक्रममा शुभकामना राख्दै नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केदारनाथ तिमल्सिनाले सरकारले ल्याएको स्वास्थ्य नारा अनुसारको काम गर्नुपर्ने बताए। आयुर्वेद सेवा सहजरुपमा जनताले पाउने बातावरण निर्माणको लागि समितिले जोड्दिनुपर्ने बताए। जिल्ला आरोग्य समितिलाई शुभकामना मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला समितिले स्वास्थ्य केन्द्रहरुमा अभिमुखीकरण गर्दै सहजीकरणको लागि नागरिकहरुको बिचमा सहज हुने बताईन्। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले समितिले सबै तहहरु संग समन्वय गरेर काम गरिने बताए।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा मनोज कुमार चौधरीले नागरिक आरोग्य कार्यक्रम निर्देशिका अनुसार जिल्लामा समिति गठन भएको बताए। जिल्लास्तरिय समिति गठनसंगै पालिका र वडास्तरको आरोग्य समिति गठन हुने डा चौधरीले बताए। जनताको स्वास्थ्य सेवामा धेरै भन्दा धेरै पहुँच बनाउनको लागि नागरिक आरोग्य केन्द्र समितिले काम गरिने डा चौधरीले बताए।
जिल्ला नागरिक आरोग्य समितिको काम कर्तब्य निर्देशिका बमोजिम आवश्यक स्रोत साधानको ब्यवस्थापन, स्थानीय तहस्तरमा अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने, समग्र कार्यक्रमको अनुगमन तथा मुल्यङकन गर्ने कार्य विधिमा उल्लेख छ। विभिन्न क्रियाकलापहरुसमेत संचालन गरिने भएको छ। जिल्लामा संघ र प्रदेशको समन्वयमा जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु र जिल्ला स्तरमा स्वास्थ्यसंग आवद्ध संघसंस्थाका प्रमुखहरुलाई अभिमुखीकरण गराउने, जिल्ला नागरिक आरोग्य समितिमार्फत स्थानीय तहका वडा अध्यक्ष वडा सदस्य एवं स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण संचालन गरिने निर्देशिकामा उल्लेख रहेकाछन्।
काभ्रे जिल्लामा नागरिक आरोग्य सेवा केन्द्रहरु पनौती नगरपालिका खरिबोट, मण्डनदेउपुर नगरपालिकाको कबुन्ताबेसी, भुम्लु गाउँपालिकाको सल्ले भुम्लु र बेथानचोक गाउँपालिकाको ढुङखर्कमा नागरिक आरोग्य केन्द्र स्थापना भएको छ।
जिल्ला आरोग्य समितिको पहिलो बैठकले जिल्ला स्तरका कार्यालय प्रमुख¸सुरक्षा निकाय¸पत्रकारलगायत समाजसेवी¸बुद्धीजीवी¸राजनैतिक दल समक्ष नागरिक आरोग्य कार्यक्रम सफल पार्न कार्य योजनासहित आयुर्वेद जीवशैली¸योगाभ्यास र दैनिकस्फूर्तीका कार्यक्रमहरु संचानल गर्ने निर्णय भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डा मनोज कुमार चौधरीले जानकारी दिए।