सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : प्रदेश सभापति बलायर

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : प्रदेश सभापति बलायर

डोटी : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश समिति सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान अन्तरगत जिल्लाको जोरायल गाउँपालिकामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिममा हालसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने बताएका हुन्।

नेकपा माओबादी (केन्द्र) र नेकपा (एकिकृत समाजबादी) को गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पार्दै सभापति बलायरले निर्वाचनमा पनि गठबन्धन नहुने संकेत गरेका हुन्। माओबादी र समाजबादीले एकातर्फ गठबन्धन भन्ने अर्का तिर कांग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उनले बताए। ‘एकातिर गठबन्धन भन्ने अर्कातर्फ हामीलाई पेल्ने, यो कस्तो कठबन्धन हो ?’ उनले प्रश्न गरे।

सुदूरपश्चिममा कांग्रेस एल्लै बहुमतले बिजयी हुने दावी गर्दै समापति बलायरले अघिल्लो निर्वाचनमा बढी मत बदर भएका कारण हारबेहोर्नु परेको बताए। उनले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सुझाव दिएका छन्। नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनताहरुले कुनै पनि हालतका आफ्नो चुनाव चिन्ह ‘रुख’ बाहेक अन्त मत हाल्न नसक्ने बलायरको भनाइ छ। उनले भने, ‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन।, कांग्रेसका हातले रुख चुनाव चिन्ह बाहेक अन्त भोट हाल्दैन।’ सम्बोधनका क्रममा उनले निर्वाचनमा कांग्रेस बाहेक अरु कसैलाई भोट हाल्न नपर्ने र कांग्रेस बहुमतले बिजय हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई अनुरोध गरे।

अभियान अन्तर्गत डोटीमा पहिलो चरणमा पालिका स्तरमा कार्यक्रम गरिने डोटी कांग्रेसले जनाएको छ। केन्द्रीय प्रतिनिधि किरण गिरी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति बीर बहादुर बलायर, प्रदेशसभा सदस्य भरत खड्का लगायत नेताहरुको सहभागितामा कार्यक्रम भईरहेको नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले जानकारी दिए। उता अन्य जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु भने आआफ्नो गाउँ अभियानमा लागि राख्ने सभापति सिंहले जानकारी दिए।

त्यसैगरी फागुन ३० गते बडीकेदार गाउँपालिकामा, चैत १ गते बोगटान गाउँपालिकामा, चैत २ गते केआईसिंह गाउँपालिकामा, चैत ४ गते सायल गाउँपालिकामा, चैत ५ गते आदर्श गाउँपालिकामा, चैत ६ गते दिपायल सिलगढी नगरपालिकामा, चैत ७ गते पूर्बीचौकी गाउँपालिकामा तथा चैत ८ गते शिखर नगरपालिकामा कार्यक्रम गरिने बताइएको छ। पालिका स्तरका कार्यक्रम पश्चात केन्द्रीय प्रतिनिधी एक महिनासम्म जिल्लामै रहने र गाउँ अभियानमा सहभागि हुने जनाइएको छ।

स्थानीय चुनाबमा कांग्रेस उम्मेदवारलाई विजय गराउने र एमसीसीका विषयमा भ्रम चिर्ने लगायतका उद्देश्य लिएर गाउँ अभियानमा सुरु भएको सभापति सिंहले बताए। कांग्रेसले चुनावसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने, बिगतको ओली सरकारले तीन वर्षमा गरेका जनविरोधी र असंवैधानिक कदमलाई जनता समक्ष व्यापकरुपमा लैजाने उद्देश्यले कार्यक्रम गरिएको उनले जनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.