तनहुँ दुर्घटना : तीन जनाको मृत्यु, १०  जना घाइते

तनहुँ दुर्घटना : तीन जनाको मृत्यु, १०  जना घाइते

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–२ ऐनापहरामा आइतबार बस र टाटा सुमो आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी-८ का ३६ वर्षिय ओमप्रकाश गुरुङ, ४५ वर्षिया लक्ष्मी शाही र ७३ वर्षिय रुद्रबहादुर सेन ठकुरी रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइते हुनेहरुमा शुक्लागण्डकी नगरपालिका ८ बस्ने ८० वर्षिय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षिय हिरा बसेल, सोही ठाउँ बस्ने ५२ वर्षिय गोमा शाही, ४१ वर्षिय दिनु शाही, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षिय देविका थाप मगर, सोही ठाउँका १८ वर्षिय आरती खवास, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षिय जितेन्द्र शाही, गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षिय डिनमया नेपाली, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षिय राम शाही र ५२ वर्षिय ज्ञानु शाही रहेको प्रहरीले जनाएको छ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाएको थियो। घाइतेमध्ये १० जनालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ। दुर्घट्नाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.