दाजुभाइ मिलेर १८ महिने बालिकाको बलात्कारपछि हत्या

दाजुभाइ मिलेर १८ महिने बालिकाको बलात्कारपछि हत्या

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी डेढ वर्षिय बालिका शुक्रबार साझ ५:३० बजेसम्म घरमा आमासँग खेल्दै थिईन्। छोरी घरभित्र थिईन्। आमा करेसबारीमा काम गर्न गइन्। केही बेर पछि घर पस्दा छोरी थिईनन्। छोरी खोज्दै हिडेको परिवारले एक घण्टापछि घरदेखि करिब १५० मिटर परको झाडीमा अचेत अवस्थामा छोरीलाई भेटायो। बालिका रगतपिच्छे थिईन्। यौनाङ्गबाट रगत बगिरहेको थियो। छरछिमेक भेला भएर विराटनगरस्थित नोबेल अस्पताल पुर्याए तर बचाउन सकेनन्। राति १२ बजे अस्पतालले उनलाई मृत घोषणा गर्यो।

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षिय अजय चौधरी र २८ वर्षिय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। मोरङ प्रहरीका एसपी जनार्दन जिसीका अनुसार बालिका र आरोपितको घर डेढ किमिको दुरीमा छ। अजय चौधरी अपहरण मुद्दामा जेल बसेर गत मंसिरमा मात्रै छुटेका थिए।

एसपी जिसी भन्छन्, `सामान्य मानिसले यस्तो घटना घटाउनै सक्दैन। घटना सुनियोजित देखिन्छ। अजय गाँजा, चुरोटलगायत अन्य लागूऔषध दुर्व्यसनी थिए। असामान्य अवस्थाका देखिने मिथुन उनको सहोदर दाजु हुन्। अजयकै योजनामा दाजुभाइ मिलेर यस्तो जघन्य अपराध गरेका हुन्। अजयले करिव डेढ महिना अघि देखि नै बालिकालाई टार्गेट गरेको देखिन्छ। गाँजा खाएपछि उनी ससाना बालिकाको खोजि गर्ने गरेको खुल्न आएको छ।'

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार आरोपि सार्वजनिक  गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएका थिए। आरोपिहरुलाई शनिबार बिहान उनीहरुकै घरबाट पक्राउ गरिएको हो।  बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ। गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।

बालिकाको बुवा विराटनगर कै एक कारखाना सेक्युरिटी गार्डको काम गर्छन। सामान्य परिवाररको यो परिवार कि कान्छी सन्तान हुन् उनी। दिनदिनै छोरीहरु असुरक्षित भैरहदाँ गाउघर नै त्रासमा डुबको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.