फगुवाले होलीको उल्लास

फगुवाले होलीको उल्लास

जनकपुरधाम :

मिथिलामे राम खेलय होरी, मिथिलामे !
किनकाके हाथ कनक पिचकारी,

किनकाके हाथ अबिर झोरी, मिथिलामे !!
रामजीके हाथ कनक पिचकारी, 
लक्ष्मण हाथ अबिर झोरी, मिथिलामे !
मिथिलामे राम खेलय होरी, मिथिलामे। 

मिथिलामा होली पर्वको उल्लासलाई यस गीतले प्रस्ट्याउँछ। फागुन महिनाको सुरुवातसँगै मिथिलाञ्चलमा फगुवा गाउन थालिन्छ। जसले होरीमय वातावरण बनाउँछ। फागुन महिना सुरु भएपछि गरिने हरेक पर्व, हरेक पूजा वा व्रत उत्सवमा फगुवा गाइन्छ।  

पहिल हि डम्फा मोरा बाजल हो, हो सुरुज दरबार !
खोल सुरुज बजरी केवरिया,
जगदम्बा खेलैथ फागु !!

‘होलीका लोकगीतहरूले जीवनको यथार्थलाई उजागर गर्दै वास्तविकता झल्काउने सन्देश बोकेका हुन्छन्’, त्रिभुवन विश्वविद्यालयअन्र्तगतको मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडी भन्छन्, ‘होलीका बेला हामी भन्छौं, जे जिबय से खेले फागु आ जे मरे से लेखा लिए। यसको अर्थ हो जीवनको सार्थकता रंगमा छ, फागुमा छ। जबसम्म बाँच्छौं तबसम्म आनन्द र जीवन्त रहौं भन्ने सन्देश हो।’

मिथिला समाजमा मनाइने पर्व दुई किसिमका हुने साहित्यकार एवं पत्रकार श्यामसुन्दर शशि बताउँछन्। ‘एउटा शास्त्रीय पर्व र अर्को लौकिक पर्व। शास्त्रीय पर्वमा पण्डित पुरोहितहरूलाई बोलाएर मन्त्रोच्चारण गरी विधि विधानपूर्वक पूजाअर्चना गरिन्छ। लौकिक पर्वको अर्थ हो लोकगीतसँग सम्बन्धीत पर्वहरू। लोकगीतकै बलमा लौकिक पर्वहरू परापूर्वदेखि मनाउँदै आएको छ। मानव सभ्यताको विकास सँगै लोकसभ्यताको पनि विकास भएको मानिन्छ र मनुष्यको स्वभावतः जब खुसी हुन्छ तब खुसीको गीत गाउँछ र प्रकृतिप्रति आभारी हुन्छ प्रकृति र मानवबीचको यसै सम्बन्धको एक कडी हो फगुवा’, शशि अगाडि थप्छन्, ‘हाम्रो समाजमा पर्व त्योहारलाई धार्मिकता, साँस्कृतिकता वा लौकिकता मात्रै नभई मौसमले पनि निकै प्रभावित गरेको हुन्छ। पर्व, त्योहार र मौसम दुवै एकअर्काको पूरक हुन्छन्। मिथिला समाज सनातन रुपमा कृषि पेसामा आश्रित छ। कृषिकर्मले नै हाम्रो पर्वलाई निर्देशित गर्दछ। अहिलेको मौसममा बालीहरू नवपल्लवित हुन्छन्। यस्तो सुन्दर मौसममा लहलहाउँदो बाली देखेर किसानहरू फागु गाउँछन्।’ 

होली उल्लास, उमंग र सौहार्दताको पर्व भएकाले लोकगीतका माध्यमले मनका कुरा पोखिने गरेको मिथिला नाट्यकला परिषद्का पूर्व अध्यक्ष सुनील मल्लिक बताउँछन्। ‘जातीय प्रथा प्रारम्भ भएपछि सबै जातजातिहरूका लागि छुट्टाछुट्टै पर्व बनाइयो। दुर्गाको स्थापना, बलि प्रथाजस्ता कार्यहरूमा क्षत्रीयहरूको प्रधानता हुन्छ। वैश्यका लागि व्यापारलाई लक्षित गरी दीपावली पर्व बनाइयो र शुद्रका लागि निर्माण गरिएको पर्व हो, फगुवा’, मल्लिक भन्छन्, ‘फगुवाको गीतमा रसरंग हुन्छ, हसिमजाक र ठट्यौली हुन्छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.