अमेरिकाले चीनलाई भन्यो, ‘रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्नू’

अमेरिकाले चीनलाई भन्यो, ‘रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्नू’

काठमाडौं : अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। रुसले चीनसँग मद्दत मागेको सार्वजनिक भएसँगै अमेरिकाले यस्तो बताएको हो।

रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेकोबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने धारणा राखेका छन्। सोमबार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्।

फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो। तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन।

चीनले हालसम्म रुस-युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गरिरहेको छ। तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन। रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। -‍ बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.